भुपेन्द्र ओली
दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले आफ्नै १७ बर्षीया छोरीलार्ई जबर्जस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ परेका हुन् ।

पिडित बालिकाले आफूमाथि जबर्जस्ती गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पिडित बालिकाको स्वास्थ्य परिक्षण गराइएको र रिपोर्ट आउन बाकी रहेको तथा घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताए । साथै घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।