पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना संक्रमण

काठमाडौं: पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनले आफूलाई कोरोनाको कुनै लक्षण नदेखिए पनि श्रीमतीलाई भने लक्षण देखिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन् ( मलाई पनि पोजेटिभ देखियो। तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन। मलाई त लक्षणबिनै देखियो, तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित।दुबै छोरालाई नेगेटिभ देखिनु चै धेरै राम्रो। सुरक्षित रहौं।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्