भीमदत्तमा चुरे फेदकाबस्तीमा भुमिगत बोरिङ

महेन्द्रनगर ७ असोज ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री प्रकास रावलको पहलमा भुमिगत बोरिङको जडान गरिएको हो ।

प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्र्तगत पुर्व राज्यमन्त्री प्रकास रावलले सिचाँई योजना अगाडी बढाएका थिए । राधाकृष्ण भुमीगत जल उपभोक्ता समितिमार्फत ६५ लाख बजेटमा उक्त बोरिङ जडान भएको हो ।


शुक्रबाट एक कार्यक्रमका बिच कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का संघिय सांसद डा. दिपक प्रकास भट्ट र पुर्वराज्यमन्त्री रावलले बोरिङको उद्धघाटन गरे ।

राधाकृष्ण भुमिगत सिचाँई योजना सञ्चालनमा आएपछि त्यहाँ ७५ घरदुधरी लाभान्वित हुने बताईएको छ । यस अघि सिचाँई सुविधाबाट बञ्चित रहेका स्थानीयले भुमिगत बोरिङमाफर्त ६० बिघाहा क्षेत्रफल जमिनमा सिचाँई सुविधा पाउने छन् ।

कञचनपुर निर्वाचन क्षेत्र नम्बर ३ का संघिय सांसद डा. भट्टले विकास निर्माणका कामहरु क्रमिक रुपमा अघि बढेको उल्लेख गर्दै विस्तारै परिणाम देखिने बताए । साथै जन भावना र चुनावि प्रतिवद्धता अनुसार काम भईरहेको उनको भनाई छ ।


त्यस्तै योजनाको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गदैँ पुर्वराज्यमन्त्री रावलले योजना सम्पन्न भएकाले यहाँका जनताले आकासे पानिको भर पर्नु पर्ने समस्या अन्त भएको बताए ।

‘यहाँका किसान दाजुभाई लामो समयदेखि सिचाँईबाट बञ्चित थिए, खेतिपातीका लागि आकासे पानिको भर पर्नु पथ्र्यो ।’ उनले भने ‘भुमिगत बोरिङ जडान भएपछि सिचाँईको समस्या टरेको छ, अब कृषी आधुनिकिकरणतर्फ जोड दिनुपर्छ ।’


साथै उनले स्थानीयलाई सिचाँईको पुर्ण सदुपयोग गरि कृषीमा लाग्न स्थानीयलाई आग्रह समेत गरे । पुर्वराज्यमन्त्रीको पहलमा भीमदत्तमा कृषी लक्षीत सिचाँईका योजनासँग अन्य विकास निर्माण कार्यलाई तिव्रताका साथ अगडी बढाईएको छ ।

त्यस्तै भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जनताको आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा विकासका गतिविधिलाई तिव्रताका साथ अगाडी बढाईएको बताए । बारिङ निर्माणसँगै सुचाँई सुविधा भएपछि स्थानीउ किसान हर्षीत भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्