‘सुख्खा बन्दरगाहको सपना पुरा हुदैँछ, सुदूरपश्चिम समृद्ध बन्छ’: उद्योगमन्त्री भट्ट

महेन्द्रनगर १६ कार्तिक ।
कञ्चनपुरको माहाकाली नगरपालिका १ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा निर्माण हुने लागेको सुख्खा बन्दरगाहको आधिकारी घोषणागरिएको छ ।
आईतबार एक कार्यक्रमकाबिच माहाकाकाली नगरपालिकाको १ नम्बर वडामा सुख्खा बन्दरगाह निर्माण गरिने औपचारीक घोषणा गरिएको हो । नेपाल सरकार उद्योग मन्त्री लेखराज भट्टले औपचारीक घोषणा गरेका हु्न् ।


कार्याक्रममा बोल्दै सरकारका उद्योग तथा आपुर्तीमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणको चरण सुरु भएको बताए । उनले सुरुवातमा सुख्खा बन्दरगाहका लागि माहाकाली नगरपालिकास्थित कञ्जभोज प्रस्तावित गरिए पनि प्राविधिक पक्षको अध्ययन पश्चात कम लागत र भारतसँगको सहज पहुचँका लागि त्यस क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गरिन लागेको बताए ।


‘हिजोको जस्तै नारा दिने भन्दा पनि काम गर्न आएका छौँ, आज हाम्रो सपना पुरा हुदैँ छ ।’ मन्त्री भट्टले भने ‘सरकारले अघि सारेको सपना सुखि नेपाली समृद्ध नेपालको सपना औद्योगिकरणले मात्रै सम्भव छ ।’ जनतालाई उत्पादन र आधुनिक औद्योगिकरणसँग नजोड्दासम्म देश समृद्ध नहुने उनको भनाई छ ।
उनले अहिले वैदेशिक रोजगारीका लागि युवाको बाहिर गमन ठुलो चुनौतिको रुपमा रहेको उल्लेख गदैँ सोही चुनौतिलाई चिर्न आधुनिक औद्योगिकरण आवश्यक भएको बताए ।

‘नीति तथा कार्यक्रममाफर्त देशका चार वटा क्षेत्रलाई विशेष आर्थिक क्षेत्रलाई अघि सारेका छौँ ।’ उनले भने ‘दैजी औद्योगीक क्षेत्र, अत्तरिया–धनगढी आर्थिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, रुडेझाडी औद्योगिक क्षेत्र र नवअस्था बाँकेको औद्योगीक क्षेत्रलाई अगाडी बढाएका छौँ ।’
सुदूरपश्चिमको स्रोतको पहिचान गरि नयाँ अर्थिक आयामको खोजी भईरहेको बताउँदै मन्त्री भट्टले ‘आधुनिक औद्योगिकरणले सुदूरपश्चिमलाई समृद्ध पश्चिम बनाउँछ, अब त्योे काम अगाडी बढी सकेका छन्’ भने ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्