‘सुख्खा बन्दरगाह नेपालको पहिलो अन्तरदेशिय व्यापारिक नाका बन्छ’: सांसद भट्ट

महेन्द्रनगर १६ कार्तिक ।
कञ्चनपुरको माहाकाली नगरपालिका १ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा निर्माण हुने लागेको सुख्खा बन्दरगाहको आधिकारी घोषणागरिएको छ ।
आईतबार एक कार्यक्रमकाबिच माहाकाकाली नगरपालिकाको १ नम्बर वडामा सुख्खा बन्दरगाह निर्माण गरिने औपचारी घोषणा गरिएको हो । नेपाल सरकार उद्योग मन्त्री लेखराज भट्टले औपचारीक घोषणा गरेका हु्न् ।


कार्याक्रममा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का संघिय सांसद डा. दिपक प्रकास भट्टले सुदूरपश्चिमवासिको आर्थिक समृद्धी सपना पुरा हुन लागेको बताए । उनले सुख्खा बन्दरगाह निर्माणभएपछि दोधराचाँदनी नेपालकै पहिलो अन्तरदेशिय नाका हुने दावि गरे । लामो सयमको प्रयासपछि दशौँ अर्व लगानीमा सुख्खा बन्दरगाह निर्माण भईरहेको बताउँदै संघिय सांसद भट्टले भने सुदूरपश्चिममा अन्तरदेशिय व्यापारी नाका छैन्, अब सुख्खा बन्दरगाहले त्रिदेशिय नाकाको रुपमा विकास हुन्छ, महाकाली करिडोरलाई यसै नाकामा जोड्नका लागि पहल भईरहेको छ ।


साथै यस अघि निर्माण गरिने भनेको कञ्जभोज लगातका दृष्टीबाट खर्चिलो भएकाले भारतीय पक्षसँगको समन्वयमा गौरि शंकर सामुदायिक वन क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गरिन लागिएको उनको भनाई छ । साथै नेपालको पहिलो अन्र्तरदेशिय व्यापारिक नाका बनाउनका लागि सरकारसँग पहल गरिने उनले बताए ।


 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्