स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीबारे स्वास्थ्यकर्मीकालाई प्रशिक्षक प्रशिक्षण तालिम

महेन्द्रनगर १६ कार्तिक ।
सुदूरपश्चिम प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले स्थास्वथ्यकर्मीलाई चार दिने तालिमको आयोनजना गरेको छ । स्वास्थ्य निर्देशनालयले स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीलाई थप व्यवस्थीत बनाउँन तालिम आयोजना गरिएको हो ।

प्रदेशका नौ वटै जिल्लाका स्वास्थ्य कार्यालयका तथ्याङ्ककर्मी र स्थास्थ्यकर्मी सहभागी रहेको तालिम आईतबारदेखि महेन्द्रनगरमा सुरु भएको छ ।
स्वास्थ्य निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीले स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली(डिएचआईएस–२ एचएमआईएस सफ्टवेयर) र कोरोनाको रिर्पोटिङ्बारे प्रशिक्षण दिन प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको बताए ।

उनका अनुसार तालिममा नौ वटै स्वास्थ्य कार्यालय तथा अस्पतालमा कार्यरत स्वासथ्यकर्मीको सहभागिता रहेको छ । तालिममा स्वास्थ्य सुचना व्यवस्थापन प्रणाली र पछिल्लो समयमा विकराल बन्दैँ गएको कोरोना संक्रमणबारे सुचनालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षक उत्पादन गर्ने हेतुले तालिम आयोजना गरिएको उनको भनाई छ ।


त्यस्तै स्वास्थ्य निर्देशनालयका डाक्टर भुषण मिश्रले स्वास्थ्य सुचना प्रणालीलाई अझै वैज्ञानीक तथा उपलब्धीमुखी बनाउनका लागि तालिमको आवश्यकता परेको बताए । उनले तथ्याङ्ककै आधारमा नीति तथा योजना तर्जुमा हुने भएको सुचनाको संकलन र व्यवस्थापन सहि ढङ्गले राखिनु पर्ने बताए । पेसागत सिपको विकास र सत्यतथ्य सुचनाको संकलन तथा व्यवस्थापनका लागि तालिम प्रभावकारी बन्ने उनको अपेक्षा छ ।

त्यस्तै तालिमका प्रशिक्षण दिन आएका स्वास्थ्य सेवा विभागका तथ्याङ्क अधिकृत बिर बहादुर रावलले कार्य सम्पादनको समय सिर्जना हुने समस्याबारे तालिममा सिकाई हुने बताए । उनले तालिमले कार्य सम्पादनमा सहज हुने उल्लेख गदैँ यथेष्ट सुचनाको संकलन र व्यवस्थापन नीति निर्माणका लागि महत्वपुर्ण हुने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्