राष्ट्रियसभाका सांसद सूर्यबहादुर केसीको निधन

काठमाडौं, कार्तिक १८

राष्ट्रिय सभाका सांसद तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ। ६३ वर्षीय नेता केसीको सोमबार राति निधन भएको हो।

पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा सोमबार राति १०ः३० बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। मिर्गौलाका बिरामी उनी केही समयदेखि सुगर र प्रेसरबाट पीडित थिए। उनलाई निमोनियाँको पनि आशंका गरिएको छ। अचानक रक्तचाप कम भएपछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पहिलो संविधानसभामा राप्रपपाबाट सांसद बनेका केसी ३ वर्षअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए। पोखराका प्रतिष्ठित व्यवसायी केसीको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।

२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य थिए। उनी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्चसमेत थिए।

चाउचाउ उद्योग, जलविद्युत आयोजना लगायतका क्षेत्रमा ठूलो लगानी गरेका केसी माछापुच्छ्रे बैंकका संस्थापक समेत हुन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort