जन्मदिनको अवसरमा असहाय बालबालिकालाई सम्झीए मलासी

हेन्द्रनगर १९ कार्तिक । निड्स नेपाल कञ्चनपुरको हरियो वन परियोना अधिकृत केशब कुमार मलासीले आफ्नो जन्म दिनको अवसरमा अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका छन् ।

उनले बुधबार आफ्नो जन्म दिनको अवसरमा कैलालीको गोदावरी नगरपालिकामा रहेको महिला तथा बालबालिका सेभ हाउस अत्तरियाका अनाथ तथा असहाय ४६ बालबालिकालाई अध्ययन सामाग्री वितरण गरेका हुन् ।


उनले आफ्नो २७ औ जन्मदिनको अवसरमा सेफ हाउसमा रहेको बालबालिकालाई स्टेशनरी सामग्री कापी कलमसहित स्वास्थ्य सुरक्षा सामाग्री मास्क सेनिटाईजर र फलफुल वितरण गरेका हुन् ।

सेफ हाउसमा रहेको बालबालिकाको अध्ययनमा सहज होस् भन्ने उद्देश्यकासाथ शैक्षिक समाग्री वितरण गरेको अधिकृत मलासीले बताए । उनका अनुसार प्राकृतिक नियमाअनुसार अनाथ अनि असहाय व्यक्तिहरुमा विलक्षण प्रतिभा हुने भएकोले उनिहरुलाई माया ममतासँगै क्षमता विकासका लागि अवसरको आवश्यकता पर्दछ ।

साथै संर्घषशील जीवन बिताएका मलासीले सानो सहयोगले बालबालिका लागि उत्पेरणासँगै आत्मियताको विकास गर्नका लागि आगामी दिनमा सक्दो सहयोग गर्ने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्