वेदकोटमा १२ करोडको खानेपानी योजना शिलान्यास

२६ सय घरधुरी लाभान्वीत हुने
महेन्द्रनगर १९ कार्तिक ।
कञ्चनपुरको वेदकोट नगरपालिकामा ठुलो खानेपानी योजनाको शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नम्बर ३,४ र ५ मा सञ्चालन हुने भावर क्षेत्र खानेपानि तथा सरसफाई आयोजनाको बुधबार सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधारमन्त्री पठानसिंह बोहराले शिलान्यास गरे ।


तीन वटा छुट्टाछुट्टै स्किममा सञ्चालन हुने योजना अन्र्तगत दैजी, शिवलिङ्ग र धरमपुर खानेपानि योजना रहेका छन् । जस अन्र्तगत ओभर हेट ट्याकीसहित बन्ने दैजी योजनाका लागि ८ करोड बजेट विनियोजन भएको छ । प्रदेश सरकार पहलमा संघिय सरकारको विषय अनुदान अन्र्तगत उक्त योजना सञ्चालन हुन लागेको हो ।

आयोजना निर्माणका लागि सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले भुमेश्वर=धुलिखेल=एल.बी एण्ड ए.बी जेभीसँग १२ करोड २० लाख ६१ हजारमा ठेक्का सम्झौता गरिसकेको छ । आयोजनाको शिलान्यास गर्दै भौतिक पुर्वाधारमन्त्री बोहराले प्रदेश सरकारले नागरिकलाई स्वच्छ खानेपानिको पहुचमा आयोजना सञ्चालन गरिएको बताए ।

उनका अनुसार प्रदेश सरकारले समृद्ध प्रदेशको परिकल्पनासहित भौतिक पुर्वाधारलगायतका विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताए । साथै उनले समयमै योजना सम्पन्न गर्न निर्माण व्यवसायिलाई निर्देशन समेत दिए । भावर क्षेत्र खानेपानि तथा सरसफाई आयोजनाका २०७८ पौषसम्ममा सम्पन्न गरि सक्ने लक्ष्य लिईएको छ ।


त्यस्तै कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नगरपालिकाको पहल ठुलो खानेपानी आयोजना निर्माण हुन लागेको बताए । उनका अनुसार नगरपालिकाले नगरभरिमा दुई वर्षभित्रमा पुर्ण रुपमा खानेपानिको पु¥याउने लक्ष्यका साथ काम भईरहेको छ । भावर क्षेत्र खानेपानि तथा सरसफाई आयोजनाबाट दुई हजार छ सय १७ घरधुरी लाभान्वीत हुने नगरपालिकाले जनाएको छ ।
नगरका सबै वडामा गरि १६ वडा खानेपानि तथा सरसफाई आयोजना सञ्चालन भईरहेको बताउँदै नगर प्रमुख चन्दले भने ‘समृद्ध नगरपालिकाको परिकल्पनासहित हामीले सबै क्षेत्रको विकासलाई योजनाबद्ध तरिकाले अगाडी बढाएका छौँ ।’ नगर उनले भने ‘सबैलाई नगरवासिलाई दुई वर्षभित्रमा स्वच्छ खानेपानिको पहुँचमा पु¥याउछौँ, सोहि अनुरुप योजनाको काम भईरहेको छ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्