के आजका विद्यार्थी भविष्यका वन विज्ञ बन्न सम्भव छ ?

केशब कुमार मलासी
यो लेखमा एक वन प्राविधिकका तवरले मेलै विशेषतः वन विज्ञान शैक्षिक क्षेत्रका प्राविधिक पाटाहरु केलाउने प्रयास गर्दे यस क्षेत्रमा विधमान अवस्थामा देखिएका अवसरहरु, समस्याहरु र सो समस्याको समाधानका निमित सरोकारवाला निकायहरुको ध्यानकर्षण गर्नेतिर बढी केन्द्रीत रहनेछ ।
कुनै पनि विषयको प्राविधिक पढाई आधुनिक शैक्षिक रुपान्तरण तथा रोजगारी सुनिश्चिताको आधार भनेर अभिभावक तथा विधार्थीहरुले बुझने गरेका छन। अबको शिक्षा प्रणालीको रुपान्तरण प्राविधिक धारको पढाईले मात्र शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा शैक्षिक क्षेत्र विश्वस्त रहेको पाईन्छ ।


प्लस टु विज्ञान सकायं पढदै गर्दा र पढिसकेपछि अभिभावकका भविष्यका सपनाहरु र विधार्थीका वर्तमान कल्पनाहरु एकआपसमा समायोजन गर्दे सुनौलो ससांरको परिकल्पना बोकिरहेका हुन्छन। १२ पुग्न नपाउदै अभिभावकहरुले आफना हरेक चिनेजानेका आफन्तसँग सोध्ने पहिलो प्रश्न हुन्छ कि म मेरो बच्चालाई के प्राविधिक विषय पढाउनलाई अभिप्रेरित गँरु । धेरैजसोले भन्ने शब्द प्राविधिक विषय पढाउनुहोस जागिरको चिन्तै हुदैन , भविष्य सुनिश्ति हुन्छ। हुन पनि हो, अहिलेको समयमा ४ वटा ’प’ यानकी पैसा, पढाई, पावर, प्राविधिक ज्ञान नै आफनो साथमा नभए आफन्त, साथीभाई वा जो कोहि होस, सबैले साथ छोडछन भन्ने कुरा व्यवहारमा भोगिरहेका हुन्छौ।

नेपालको परिप्रेक्ष्यमा कुनै पनि क्षेत्रको करियरको प्रमुख गन्तव्य मापन हुने लोकसेवा आयोगको परिक्षा मार्फत सफल भई देशमै प्रशासनिक तथा प्राविधिक परिवर्तन गर्ने सुनौला सपना बोकेर वन विज्ञान अध्यन गर्ने विधार्थीहरु लगातार २ वर्षदेखी लोकसेवा आयोगको वन क्षेत्रको शुन्य विज्ञापनबाट नैराश्यता तर्फ धकेलिरहेको देखिन्छ। यस कुरालाई वकालत तथा पैरवी गनुपर्ने सम्बन्धित आधिकारिक सरोकारवाला निकायहरु जस्तै नेपाल वन प्राविधिक संघले कसरी बुझिरहेको छ भन्ने कुराको कुनै स्पष्टता देखिदैन।


वन सम्पदा नेपालको प्रमुख नवीकरणीय प्राकृतिक स्रोत हो जसले देशको पाचँ भागको दुई भागभन्दा बढी करिब ४५ प्रतिशत क्षेत्रफल ओगटेको छ। यसको समुचित प्रयोगसँगै दिगो र सन्तुलित रुपमा व्यवस्थापन गर्नका लागि वन प्राविधिक विषय आफैमा प्राकृतिक विज्ञानका क्षेत्रमा अन्तयन्त महत्वपुर्ण सम्भावना बोकेको क्षेत्र हो। मानव र प्रकृति सँगको अन्योन्याश्रित सम्बन्धलाई वैज्ञानिक तवरले सन्तुलित, व्यवस्थित र दिगो व्यवस्थापन गर्नका लागि वन विज्ञानको छुटै महत्व रहेको छ। वन विज्ञान प्रयोग्तामक तथा प्रयोजनपरक विज्ञान हो।

वन सँग सम्बन्धित ज्ञान सीपलाई व्यवहारिक रुपमा उतार्ने लक्ष्यका साथ प्लस टु विज्ञान सकायं पढिसकेपछि अधिकांस विज्ञान सकांयका विधार्थीहरु डाक्टर, ईन्जीनियर, पाईलट बन्ने कि भन्ने पारिवारिक सपनालाई थाती राख्दै आफनो शैक्षिक जीवनलाई यसतर्फ मोडेका हुन्छन ।
विगतका तुलनामा वन विज्ञान पढनका लागि प्रतिस्पर्धात्मक विधार्थीको चाप थेगिनसक्नु रहेको देखिन्छ। सोही कुरालाई गुणस्तरीय शिक्षा पद्धती विकास भन्दा पनि नाफामुलक तवरले च्याउ सरी खोलिएका कलेज तथा क्याम्पसले अशिक्षित बेरोजगारी भन्दा शिक्षित बेरोजगारीको सख्ँया दिन प्रतिदिन बढाईरहेका छन।

केवल जनशक्ति उत्पादनमा मात्रै ध्यान दिने तर सो जनशक्तिको दक्षता सहितको रोजगारी व्यवस्थापनमा जोड नदिने हो भने जुनसुकै प्राविधिक पढाई पढेर हुनेवाला केही छैन भन्ने कुरा दिनानुदिन शैक्षिक क्षेत्रमा पुष्टी हुदै गईरहेको छ।


एकातिर प्रयोग्तामक पढाई अनि अर्कातिर सो को शैक्षिक बजारमा समयमै सही व्यवस्थापन नहुँदा जनशक्ति विदेश पलायन भईरहेको छ । नेपालमा बैदेशिक पढाई तथा रोजगारको तिरको आर्कषण र स्वदेशमै रोजगारीको अनिश्तिता बढिरहेको परिप्रेक्ष्यमा वन प्राविधिकहरुको व्यवस्थापनको वकालत पैरवी गर्नेहरुको सँख्या दिन प्रतिदिन घटदै गईरहेको पाईन्छ।

नेपालीका लागि प्राविधिक शिक्षा चाहे त्यो मेडिकल शिक्षा, ईन्जीनियरिङ शिक्षा कृषि शिक्षा, वन शिक्षा देखि आधारभुत तहमा पढाई हुने सामान्य शिक्षा सम्म व्यापार भईरहेको परिप्रेक्ष्य हाम्रा सामु आईरहेको छ। स्नातक पढाईहरुको गुणस्तरीयताको कुरासँगै प्रयोग्तामक प्रविधिको सीप ज्ञान र क्षमता अभिवृद्धिमा जोड दिने कुरामा ध्यान दिएको पाईदैन।

अबको वन सरक्षण तथा व्यवस्थापन बजार केन्द्रित हुन आवश्यक छ। विधार्थी वर्गहरुको अनुसन्धात्मक खोज र विश्लेषलणलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम प्रभावकारी रुपमा धेरैभन्दा धेरै लागु गर्नेतिर सोच्न सकिन्छ। वन व्यवस्थापनको आधुनिकीकरण र उन्नत प्रविधिको प्रर्वद्धन चाहे त्यो वैज्ञानिक वन व्यवस्थापन होस या दिगो वन व्यवस्थापन तबमात्र सम्भव छ जब विषयगत विज्ञताको व्यवस्थापन सम्भव छ।


अहिले केही वर्षदेखि लोकसेवा आयोगले निकाल्ने विज्ञापनमा गुणात्मक रुपमा प्रतिस्पर्धा बढदै जाने, शैक्षिक जनशक्ति बजारमा न्युन प्रतिस्थापन हुदै जाने, पुर्ण रुपमा प्राविधिक ज्ञान, सीप तथा दक्षता प्रयोग गरी उधम विकासको वातावरण नबन्ने, अनि च्याउ सरी प्राविधिक विधार्थी उत्पादन गर्ने कलेजहरु सम्बन्धन पाउदै जाने कुरा आफैमा परस्पर विरोधी कार्यहरु हुन ।

नेपालको परिप्रेक्ष्यमा कुनै पनि क्षेत्रको करियरको प्रमुख गन्तव्य मापन हुने लोकसेवा आयोगको परिक्षा मार्फत सफल भई देशमै प्रशासनिक तथा प्राविधिक परिवर्तन गर्ने सुनौला सपना बोकेर वन विज्ञान अध्यन गर्ने विधार्थीहरु लगातार २ वर्षदेखी लोकसेवा आयोगको वन क्षेत्रको शुन्य विज्ञापनबाट नैराश्यता तर्फ धकेलिरहेको देखिन्छ। यस कुरालाई वकालत तथा पैरवी गनुपर्ने सम्बन्धित आधिकारिक सरोकारवाला निकायहरु जस्तै नेपाल वन प्राविधिक संघले कसरी बुझिरहेको छ भन्ने कुराको कुनै स्पष्टता देखिदैन।

वन विज्ञान क्षेत्र भित्र आदरणीय सिनियर वर्गहरुले स्थापित गर्नुभएको पारिवारिक आत्मीयता, दाजुभाई तथा दिदीबहीनीको परस्पर सम्बन्ध प्रति तपाई हामी सबलेै आफनो आफनो क्षेत्रबाट उचित भुमिका नखेली टुलुटुलु हेर्ने अवस्था मात्रै आएको हो त? वन व्यवस्थापनका प्रणालीहरुबारे केवल गोष्ठी, सेमिनारहरुमा मात्रै रातदिनको बहस चलाउनु सँगसगै वन प्राविधिकहरुको क्षमता अभिवृद्धि र उचित व्यवस्थापनको वातावरण विकासमा पनि ध्यान दिनु आवश्यक छ कि छैन ? के सरकारी वा निजी वन क्याम्पस विधार्थी उत्पादन गर्ने नाफामुलक यन्त्र मात्रै बनेका हुन त? प्रयोग्तामक पद्धती विकाससँगै व्यवस्थापनमा प्राध्यापन शैली परिवर्तन नै नहुने हो भने प्राविधिक र गैर प्राविधिक पढाई बिचको भिन्नता के त ? प्राविधिक पढाई पढेर नि अप्रवाधिक क्षेत्रमा काम गरिरहेको मान्छेले सो क्षेत्रको विकास कसरी गर्न सक्छ होला र? थुप्रै अनुत्तरित प्रश्नहरु यहाँनिर उबजन्छन।


वन विज्ञान मेडिकल क्षेत्र जस्तो रातारात मिराकल हुने क्षेत्र होईन । यसका लागि लामो अवधीको लक्ष्य तथा अनुभव अपरिहार्य छ । हामी वन प्राविधिक लाई दिशानिर्देश गर्ने प्राविधिक नेतृत्व तह नै केवल राजनितीक मनोवृतिमा रुम्मलिरहने र अल्पकालिन दृष्टिकोणबाट मात्रै निर्देशित हुदै जाने प्रवृत्तिले वन र वातावरण क्षेत्रको विकास हाला भन्ने कुरा सोचनिय छ । राजनितिकर्मी र वरिष्ठ वन प्राविधिकहरु जुधाइमा करियर खोज्दै गरेका भोलिका वन क्षेत्रका विकासका हुर्कदै गरेका पालुवाहरुलाई अतिक्रमणको चपेटामा पार्नु कत्तिको न्यायोचित होला ? वन क्षेत्रमा हुने गैर प्राविधिक पक्षहरुको हालीमुहालीले वनको वैज्ञानिक होस या दिगो कुनै पनि व्यवस्थापनले आमुल परिवर्तन आउन सक्ला त ?


एकातिर वनको बैज्ञानिक वा दिगो व्यवस्थापनमा विरोधासापुर्ण वातावरण सिर्जित भईरहने अनि अर्कातिर प्राविधिक विज्ञताको अवमुल्यन हुने स्थिीती सिर्जित भईरहने हो भने यसले प्राविधिक सीप, ज्ञान र दक्षता व्यहारिक तवरले प्रयोग हुन सक्दैन। विषय विज्ञता लाई अल्लगाएर वन सँग सम्बन्धित सरोकारवाला निकायहरुमा भईरहको चरम राजनितीको चापमा आफनो सुनौलो भविष्य सोचिरहेका तपाई हाम्रै क्षेत्रका विधार्थी वर्गहरु भडखालोमा पर्ने स्थितीको अन्तय हुन पर्छ कि पर्देन ? यो सम्बन्धित सरोकारवाला पक्षहरुले नै गहन रुपमा मनन गर्न जरुरी छ।


जता हे¥यो समस्यै समस्या अनि चुनौतीहरुका बिच समाधानका उपायहरु के हुन सक्छन त ? आउनुहोस यसमा पनि चिन्तनमनन गरौ। विधार्थीलाई कसरी व्यवसायिक रुपमा विषयगत उधमी बन्ने तिर अग्रसर गराउने प्राविधिक शिक्षानिती हुन आवश्यक छ। शैक्षिक बजार व्यवस्थापनको विश्लेषणका आधारमा प्राविधिक कलेज वा क्याम्पस सम्वन्धन नितीलाई कडाईका साथ लागु गर्न सकिन्छ। विषयगत क्षेत्रहरुको विकासका लागि सरकारी क्षेत्रसँगै गैर सरकारी क्षेत्र, निजी क्षेत्र तथा सामाजिक सघँ सस्थाहरुको स्पष्ट मार्ग चित्र अगाडी आउनुपर्ने देखिन्छ ।

नेपालका हरेक सामुदायिक वनदेखि अन्य साझेदारी, निजी, कबुलियती वनहरुको विकास तथा प्रर्वद्धनका लागि सम्बन्धित पक्षहरुले प्राविधिक विज्ञहरुलाई आफै व्यवस्थापन गर्नुसक्ने नितीलाई अवलम्बन गर्दे जानु सकिन्छ। अबको वन सरक्षण तथा व्यवस्थापन बजार केन्द्रित हुन आवश्यक छ। विधार्थी वर्गहरुको अनुसन्धात्मक खोज र विश्लेषलणलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम प्रभावकारी रुपमा धेरैभन्दा धेरै लागु गर्नेतिर सोच्न सकिन्छ। वन व्यवस्थापनको आधुनिकीकरण र उन्नत प्रविधिको प्रर्वद्धन चाहे त्यो वैज्ञानिक वन व्यवस्थापन होस या दिगो वन व्यवस्थापन तबमात्र सम्भव छ जब विषयगत विज्ञताको व्यवस्थापन सम्भव छ।


वर्तमान अवस्थामा कोरोना कहरका कारण देश भित्रै तथा विदेशमा रोजगारी गुमाउनेको सँख्या बढीरहेको छ। यस परिस्थितीमा वन व्यवस्थापन क्षेत्रका उचित विकास तथा प्रर्वद्धनका साथै काठ जन्य उधोगको स्थापना, पर्यापर्यटन क्षेत्रको विकास गर्न सके मात्रै सरकारको राजस्वमा योगदान र नेपाल सरकारको वनमा आधारित रोजगार सन २०२५ सम्म १२ लाख पुराउने लक्ष्य सार्थक हुन सक्नेछ। के तपाई हामी यो लक्ष्यको सार्थकताका लागि आफनो क्षेत्रबाट पहल गरिरहेका छौ त ? सम्पुर्ण वन विकास क्षेत्र तिर आबद्ध हुनु भएका अग्रजहरुलाई उच्च सम्मान सहित एउटा अनुत्तरित प्रश्न !

(लेखक कलाशी वन क्षेत्रमा आबद्ध वन प्राविधिक हुन् । साथै उनि हाल काठमाँडौ फरेष्ट्री कलेजमा स्नातकोत्तर तहमा अध्यनरत छन् ।)

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort