बैतडीमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ५ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए ।

‘ जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।’ एसएसपी सिंहले भने, ‘उहाँहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।’ जीपमा सवारहरु भारतमा पेन्सन बुझेर घर फर्किरहेको बुझिएको छ ।

यस अघि २७ कार्तिकको राती बैतडीको पाटन नगरपालिका–४ खोड्पेमा दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस दुर्घटना भएको थियो । सो दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए भने ३४ जना घाइते भएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्