बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ ।

झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–५ का ७७ वर्षीय भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीय पार्वती चन्द, सोही ठाउँकै ७२ वर्षीय पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्ण लावड रहेका छन् ।

यस्तै रविन्द्र चन्द, प्रदिप लावड, खगेन्द्र जोशी र कृष्णानन्द भट्ट दुर्घटनामा परी घाइते भएका छन् । भारतीय पेन्सनधारी नेपाली नागरिक सवार जिप मंगलवार दिउँसो दुर्घटनामा परेको थियो । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्