आईएमयू नेपालबाट कोभिड–१९ सबै रिपोर्टिंङ

भुवनेश्वरी जोशी
१३ मङ्सिर, डोटी ।
विश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको मुख्य पाटो स्वाब संकलन र परीक्षण सम्बन्धि काम को विवरण आईएमयु नेपाल बाट हुने भएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञ हरुको सल्लाहमा कोभिड १९ को परीक्षणका लागि गरिने स्वाव संकलनको सम्पूर्ण विवरण राख्न मिल्ने गरि एप तयार पारिएको छ ।

आईएमयु नेपाल नाम दिएको उक्त एप को मद्दतले संकलन गरिएको स्वाबको सबै विवरण दर्ता गर्न मिल्ने, नमुना जांच हुने प्रयोगशालाले पनि उक्त अप बाट नै विवरण रिसिभ गर्न सक्ने र त्यहि अप बाट नै केन्द्रीय निकाय सम्म सम्पूर्ण विवरण प्राप्त हुने गरि व्यवस्था गरिएको कुरा आर्ईएमयु नेपाल का केन्द्रीय संयोजक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा कार्यरत मुक्ति खनालले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीको अध्यक्षतामा आयोजना गरिएको अनलाईन बैठक


शनिबार सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीको अध्यक्षतामा आयोजना गरिएको अनलाईन बैठकमा सुदूरपश्चिम प्रदेशका कोभिड–१९ परीक्षण गर्ने ल्याब का प्रतिनिधि , अस्पतालका प्राविधिक तथा सम्वद्ध अन्य व्यक्तिहरु सहभागी रहेको बैठक मा स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले कार्यक्रम संचालन गरेका थिए । भने कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अधिकृत श्री पुस्कर बिजुक्क्षले सहजीकरण गरेका थिए ।


आईएमयु नेपाल नामक एप मोबाइलबाट र कम्प्युटर बाट सजिलै चलाउन सक्ने गरि तयार भएको छ । असोज २३ गते प्रथम पटक नेपालमा शुरु भएको उक्त एप नेपालमै पहिलो पटक डोटी जिल्ला को के आइ सिंह गाउपालिकाले प्रयोग गरेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अधिकृत पुस्कर बिजुक्क्षेले बताए । संचालनमा आएको दुइ महिना मै कुल कोभिड रोगी संख्याको १७ प्रतिशत रोगीहरु आईएमयुमा दर्ता भै सकेको समेत उक्त कार्यक्रममा जानकारी गरिएको थियो ।


कोभिड १९ को संका लागेका व्यक्तिहरु, क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु तथा अन्य कन्टेकट ट्रेसिंगमा परेका व्यक्तिहरु जसको स्वाब संकलन गर्ने काम स्थानीय तहले गरिरहनु भएको छ ति सबैको विवरण आईएमयु नेपालको मुवाईल एप्लीकेशनमा दर्ता गर्नु पर्ने हुन्छ । स्थानीय तहले स्वाब संकलन गर्ने र क्ष्ःग् मा सबै व्यक्तिको रेकर्ड एप्लीकेशनले मागे बमोजिम दर्ता गरि सकेपछी परीक्षण गर्ने ल्याबहरुले सेम्पल रिसिभ गर्दा पनि त्यही एप प्रयोग गर्नु पर्ने हुन्छ र ल्याब ले सेम्पल रिसिभ मा क्लिक गरे मात्र पुग्ने गरि एपमा व्यवस्था गरिएको छ । सजिलै संग प्रयोग गर्न सकिने यस एपको प्रयोग सुदूरपश्चिम प्रदेशको स्थानीय तह हरुले प्रयोग गरिरहेका छन् भने डोटी र बझांङ पी सि आर ल्याब ले उक्त एप को राम्रै संग प्रयोग गरिरहेका छन् ।


त्यस बाहेक सेती प्रादेशिक अस्पताल , बैतडी अस्पताल , डडेल्धुरा अस्पताल र कमल बजार प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबले भने केहि प्राविधिक कठिनाइका कारणले हाल सम्म प्रयोग गर्न सकेका छैनन् । खास गरि जनशक्ति अभाव , सामग्रीको अभाव र चलाउने ज्ञानको अभावको कारणले उक्त एप प्रयोग गर्न नसकेको कुरा उक्त बैठक मा सहभागीको गुनासो छ ।


कार्यक्रमका अध्यक्ष एंव सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुण राज अवस्थीले छिटो भन्दा छिटो उक्त एप प्रयोग गर्न सबै लाइ निर्देशन समेत दिए । उक्त एप प्रयोगका लागि स्वास्थ्य निर्देशनालयबाट मिति शुक्रबार सुदूरपश्चिम प्रदेश भित्र सेवा दिरहेका कोभिड अस्पताल , कोभिड परीक्षण ल्याब , स्थानीय तह लाइ पत्राचार समेत गरि सकेको कुरा स्वास्थ्य निर्देशक डा अवस्थी ले बताउनु भएको छ । साथै उनले कुनै प्रयोगशाला ले आईएमयु एप प्रयोग गर्न कुनै कठिनाइ भएमा मङ्सिर महिना भित्र अनसाइन कोचिंङ वा क्रस भिजिट गराएर समेत एप प्रयोग गर्न सक्ने गरि व्यवस्थापन गर्न लागेको बताए । त्यस बाहेक उनले कोभिड १९ को सम्पूर्ण रेकर्ड तथा रिपोर्टको काम आईएमयु नेपाल बाट मात्र हुने समेत जोड दिए

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्