कञ्चनपुरमा घरको छतबाट खसेर पूर्व प्रहरीको मृत्यु

कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

गएराति साढे १० बजेतिर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियामा आफ्नै घरको छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

छतबाट खसेर गम्भीर घाइते भएका ओझालाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र उनको उपचारकै क्रममा राति सवा ११ बजे मृत्यु भएको प्रवक्ता थापाले जानकारी दिए ।

उनका अनुसार मृतक ओझा नेपाल प्रहरीका भुतपूर्व हवल्दार हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्