एम्नेस्टी इन्टरनेसनल शुक्लाफाँटा युथ नेटवर्कको नयाँ कार्य समिति चयन

महेन्द्रनगर १४ मंसिर ।
मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि विश्वव्यापी रुपमा कार्यरत संस्था एम्नेस्टी इन्टरनेसनको युथ नेटवर्कको नयाँ कार्य समिति चयन भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा एम्नेस्टी इन्टरनेसनल शुक्लाफाँटा युथ नेटवर्कको नयाँ कार्य समिति चयन गरिएको हो । आईतबार भएको युथ नेटवर्कको दोस्रो साधारण सभाबाट नयाँ कार्य समिति चयन गरिएको हो ।

युथ नेटवर्कको नयाँ कार्य समितिमा चयन भएका अध्यक्ष, सचिव र कोषाध्यक्ष


समितिको संयोजकमा किशोर प्रशाद जोशी दोस्रो कार्यकालका लागि चयन भएका छन् । त्यस्तै नेटवर्कको सह संयोजकमा लोकेन्द्र बहादुर भण्डारी, सचिवमा मदन गिरी, सह सचिवमा मञ्जु विष्ट र कोषाध्यक्षमा सरोज कुमार रोकाया र सदस्यमा पुस्कर राज जोशी तथा लक्ष्मी कलौनी चयन भएका छन् ।

नेटवर्कका नव नियुक्त सचिव मदन गिरीले एम्नेस्टीका गतिविधिमा समर्थन र सहयोगसँगै मानव अधिकारको रक्षाका लागि काम गर्ने बताए । साथै नेटवर्कले विभिन्न आपतविपदको समयमा सक्दो सहयोगसँगै सामाजिक कार्यमा समेत अग्रसर हुने उनको भनाई छ । शुक्लाफाँटा युथ नेटवर्कमा कञ्चनपुरका ५० भन्दा बढी युवा आवद्ध रहेका छन् ।
त्यस्तै नव नियुत्त संयोजक जोशीले नेटवर्कको विस्तारसँगै सामाजिक कार्यलाई पनि अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्