मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा बोहरा

महेन्द्रनगर १४ मंसिर
मिसन नेपाल राष्ट्र निर्माण अभियान कञ्चनपुरको अध्यक्षमा मोहन बहादुर बोहरालाई दिईएको छ । अभियानको केन्द्रीय कार्यलयले वेदकोट नगरपालिका १ का बोहरालाई मिसन नेपाल राष्ट्र निर्माण अभियानको जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो ।


देशको शान्ती, समृद्धी, विकास र नेपाली नागरिकको आत्म स्वाभिमान मानव भएर जन्मनुको अर्थ, नेपालको भौगोलिक तथा राजनिति समाजमा हुने गरेको भष्टाचार, अन्याय लगायतका विसंगतिविरुद्ध र मानव अधिकार रक्षार्थ समावेशी समाजको निर्माणका लागि गठन भएको अभियान २० वटै जिल्लामा विस्तार गएको छ भने अरु जिल्लामा विस्तार हुने क्रम जारी छ ।

जिल्लाको जिम्मेवारी पाएका बोहाराले सुशासन, पारदर्शिताका लागि भष्ट्राचार र विसंगति विरुद्ध मिसन नेपालले काम गर्ने बताए । साथै अभियानलाई जिल्लाका स्थानीय तहमा पनि विस्तार गरिने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्