दोगडा केदारकाे पालिका स्तरीय अस्पताल सित्तडमा

भुवनेश्वरी जोशी , १५ मङ्सिर २०७७ , बैतडी ।

दोगड़ा केदार गाउपालिका  बैतडीको सित्तड स्वास्थ्य चौकी १० शैयाको अस्पतालमा स्तरोन्नति हुने भएको छ । नेपाल सरकारको आर्थिक बर्ष २०७७।०७८ को बजेट, नीति तथा कार्यक्रम अनुसार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल भरि ३९६ वटा पालिकामा स्थान  र आवश्यकता हेरी ५ शैया , १० शैया र १५ शैया को अस्पताल स्थापना गर्ने लक्ष्य लिए को थियो । सोहि बमोजिम आज मङ्सिर १५ गते नेपाल भरि का सबै ३९६ स्थान मा अस्पताल को शिलान्यास भएको छ ।

बैतडी जिल्लाको दोगड़ा केदार गाउपलिका वार्ड न ०६ मा अवस्थित सित्तड स्वास्थ्य चौकी पनि स्तरोन्नति हुने गरि उपरोक्त ३९६ भित्र परे पछी आज एक समारोह बीच दोगड़ा केदार गाउपालिका का अध्यक्ष श्री चक्र सिंह कार्की , वडा न ०६ का वडा अध्यक्ष श्री लक्ष्मी दत्त जोशी र जमिन दान गर्ने श्री गौरी दत्त जोशीले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिक हरुको पहुच सुनिश्चित गर्न चालु आ ब २०७७।०७८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट ५ देखि १५ शैयाको अस्पताल स्थापना गर्ने क्रममा स्थानीय आवश्यकता अनुसार सित्तडमा १० शैयाको अस्पताल स्थापना हुन् लागेको हो । साविक स्वास्थ्य चौकी रहेको स्थानमा जमिनको अभावमा भएको हुनाले स्वास्थ्य चौकी नजिकै मजगाउ भन्ने स्थानमा दुइ जना दाजु भाइ क्रमशः गौरिदत्त जोशी र हरि दत्त जोशीले अन्दाजी ३० लाख मूल्य बराबरको १३ रोपनी जमिन् स्वास्थ्य चौकी लाइ दान गरे पछी सित्तडमा अस्पताल बन्न सम्भव भएको कुरा दोगड़ा केदार गाउपालिका वार्ड न ०६ का वार्ड अध्यक्ष श्री लक्ष्मी दत्त जोशी ले बताउनु भएको छ ।

शिलान्यास समारोहमा कार्यक्रमका प्रमुख अतिथि दोगड़ा केदार गाउपालिका  का अध्यक्ष श्री चक्र सिंह कार्कीले यस स्थानमा अस्पताल स्थापना भए पछी साविक का सबै गा बि स का बासिन्दा लाइ स्वास्थ्य सेवा लिन पायक पर्ने र नागरिक हरुको आधारभूत स्वास्थ्य सेवामा पहुच पुग्ने कुरा बताउनु भएको छ ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका दोगड़ा केदार गाउ पालिका का  वडा न ०६ का अध्यक्ष श्री लक्ष्मी दत्त जोशी ले अस्पताल शिलान्यास हुनु दोगड़ा केदार गाउपालिका र त्यस मा पनि सित्तड बासि का लागि हर्षको कुरा भएको र अस्पताल भवनको निर्माण , र  सेवा सुचारु हुन्जेल सम्म को लागि लागि सबैको सहयोगको आवश्यकता रहेको कुरा बताउनु भएको छ ।  साथै कार्यक्रम मा निशुल्क जमिन दान गर्ने जोशी दाजु भाइ हरुलाई सम्मान पनि गरिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्