प्रदेश स्तरीय सरुवा रोग अस्पताल गोलसैनमा बन्ने

भुवनेश्वरी जोशी ,१५ मङ्सिर २०७७, डोटी

नेपाल सरकारको आर्थिक बर्ष २०७७। ०७८ को बजेट , नीति तथा कार्यक्रम मा उल्लेख भए बमोजिम सुदूरपश्चिम प्रदेशमा स्थापना हुने ५० शैया को सरुवा रोग अस्पताल डोटी जिल्लामा बन्ने भएको छ ।

१५ मङ्सिर २०७७ का दिन दिपायल सिलगढी नगर पालिका को वाड न ५ गोलसैनमा एक समारोह का बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय श्री त्रिलोचन भट्टले हिन्दु धार्मिक परम्परा अनुसार पुजा गरि अस्पताल को शिलान्यास गर्नु भएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटी ले आयोजना गरेको शिलान्यास कार्यक्रममा अध्यक्षता स्वास्थ्य निर्देशक डा श्री गुणराज अवस्थीले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्ट रहनु भएको थियो । त्यसै गरि उक्त कार्यक्रममा संबिधान सभा सदस्य हर्क बहादुर सिंह , प्रदेश सभा सदस्य माननीय पूर्णा जोशी , प्रदेश सभा सदस्य माननीय अर्चना गहतराज , जिल्ला समन्वय समिति समिति डोटीका प्रमुख राम ऐर, दिपयाल सिलगढी नगर पालिका प्रमुख मंजु मलाशी , डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारि , चार वटै सुरक्षा निकाय का प्रमुख ,सरकारी कार्यालयका प्रमुखहरु,  राजनीतिक दल का प्रमुख एबम प्रतिनिधि लगायत ३०० बढीको उपस्थिति रहेको थियो ।

शिलान्यास समारोहमा स्वास्थ्य निर्देशक डा गुणराज अवस्थी ज्युले सुदूरपश्चिम प्रदेशमा आ ब २०७६। ७७ मा कुल २,१९,४९४ जना व्यक्तिहरु बिभिन्न प्रकारको सरुवा रोग बाट प्रभावित हुनु भएको र त्यस मध्ये तराईका दुइ जिल्ला बाहेक अन्य सात वटा पहाडी जिल्लाबाट मात्र १,३९,१८५ जना व्यक्ति हरु सरुवा रोग बाट प्रभावित हुनु भएको थियो भन्ने तथ्यांक प्रस्तुत गर्नु भएको थियो । यसरि पहाडी जिल्लामा बसोबास गर्ने निकै व्यक्तिहरु सरुवा रोग बाट प्रभावित हुने गरेको र प्रदेशमा प्रादेशिक अस्पताल कैलाली जिल्लामा रहेको र निकट भविष्यमा कैलाली जिल्ला कै गेटामा मेडिकल कलेज पनि बन्ने भएकोले पहाडी भेग मा बसोबास गर्ने व्यक्तिहरुको स्वास्थ्य सेवा लाइ मध्यनजर गरि र प्रदेशका सात वटा पहाडी जिल्लाका बासिन्दाहरुलाई तराई तिरका अस्पतालमा गइ उपचार गर्न कठिनाइ हुने र बिगतमा क्षेत्रीय अस्पतालका लागि छुटयाएको जमिनमा सरुवा रोग अस्पताल स्थापना गर्न उपयुक्त लागेको हुनाले प्रदेश सरकार मार्फत सिफारिस भै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट अस्पताल स्थापनाको लागि स्वीकृति आएको कुरा भन्नु भएको छ ।

साथै वहा ले सुदूरपश्चिम प्रदेशमा बढी मात्रामा देखा पर्ने सरुवा रोगहरु जस्तै क्षयरोग , कुष्ठरोग , एच आइ भी, एड्स , औलो , स्क्रब टाईफस , झाडापखाला, टाईफाईड, , पानीजन्य रोग हरु, किट जन्य रोग हरु , बिश्वब्यापी रुपमा फैलिन सक्ने कोभिड १९ लगायत का अन्य महामारीको नियन्त्रण , उपचार तथा ब्यबस्थापनमा सरुवा रोग अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा समेतमा जोड दिनु भएको थियो । निकट भबिस्यमा प्रदेश स्तरीय बायो मेडिकल Equipment मर्मत प्रयोगशाला समेत डोटीमै स्थापना हुने गरि काम भै रहेको कुरा समेत बताउनु भएको छ

कार्यक्रममा मुख्य अतिथि सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्टले डोटी जिल्लामा स्थापना हुने सरुवा रोग अस्पतालले डोटी जिल्ला लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका बासिन्दा लाई उपचारमा सहज हुने, सरुवा रोगकै कारणले अकालमा ज्यान जानबाट बचाउन सकिने कुरामा जोड दिनु भएको थियो ।

साथै मानब जाति लाइ अरु कुराले भन्दा पनि रोगले बढी प्रभाव पार्ने भएकोले स्वास्थ्यको कार्यक्रम प्राथमिकतामा राखी प्रदेश सरकारले काम गरि रहनु भएको कुरामा  समेत वहाले जोड दिनु भएको छ । वहाले प्रदेशको राजधानी डोटी बनाउन नसके पनि प्रदेश स्तरका साविकका क्षेत्रीय स्तरका कार्यालय हरु दिपायाल मै रहने गरि निर्णय भएको र अब बन्ने संरचना हरु पनि डोटी जिल्लामा नै बन्ने कुरा समेत भन्नु भएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय पूर्णा जोशी , दिपायल सिलगढी नगर पालिका प्रमुख मंजु मलाशी , दिपायल सिलगढी नगर पालिका वडा नम्बर का वडा अध्यक्ष मदन भण्डारीले समेत शुभकामन मन्तब्य राखेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्