गुराँस लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर साख द्वारा आयोजित एकदिने अभिकर्ता उत्प्रेरणा कार्यक्रम आज एक विशेष कार्यक्रम गरि होटल कलसको सभा हलमा सम्पन्न भएको छ, कार्यक्रम को संचालन गुरास लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर साखाका बजार प्रमुख देव राज जोशिले गर्नु भएको थियो भने अध्यक्षता महेन्द्रनगर साखा प्रमुख लक्ष्मी भट्ट थापा ले गर्न भएको थियो, उक्त कार्यक्रममा प्रमुख अतिथि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय धनगढी का क्षेत्रीय प्रमुख तारा सिह बम र विशिष्ट अतिथि क्षेत्रीय कार्यालयका अग्रज रामेस्वर भट्ट रहनु भएको थियो ।

कार्यक्रममा पचहत्तर जना भन्दा बढी अभिकर्ता र अभिकर्ता संयोजक हरुको सहभागिता थियो अभिकर्ता उत्प्रेरणा कार्यक्रम मा बिसेसगरि बिमा को बिस्व इतिहास देखी हालसम्मको अवस्था र अभिकर्ता का सेवासुबिधा एवं बजार रणनीति का रुपमा जानकारी गराइएको थियो ! गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ले यो आर्थिक वर्ष मा आक्रमक ब्यासाय गर्दै गइरहेको मानिन्छ, जसको बोनस दर नेपालमा रहेका बिमा कम्पनी हरु मध्ये सर्वाधिक रहेको छ ।

कार्यक्रम मा बोल्दै क्षेत्रीय प्रमुख तारा सिह बम ले आगामी तिन वर्ष भित्र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी हरेक सुचाङ्क का आधारमा पहिलो बन्ने बताउनु भएको थियाेे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्