लाल बहादुर एसके
भारतबाट पुनर्वासको नाका भएर चोरी तस्करी गरेर भित्र पु¥याएको समान नेपाल प्रहरीले बरामद गरेको छ । नेपाल प्रहरी स्रोतका अनुसार सीमा क्षेत्रमा पहिले भन्दा अहिले सशस्त्र प्रहरीको बढ्दो उपस्थिति छ, सीमित तस्करीका नाका छन, तर पनि भारतबाट आउने अवैध समान गाँउमा पुगेपछि नेपाल प्रहरीले समात्नु परेको छ ।
केही दिन पहिले तस्करबाट घुसको विषयमा बेलौरी थापा चौराहका बिओपी इन्चार्जले नेपाल प्रहरीका एक जना हवल्दाराई ठाडै कुटपिट गरे । अपराधी नियन्त्रणमा आएपनि सुरक्षाकर्मीबाट कुटपित गर्न पाईदैन । सशस्त्र प्रहरीले मानौ साच्चिकै तस्कर नियन्त्रण गर्न चाहे समान मात्रै बरामद गर्ने कार्यबाट तस्करी रोकिनु भन्दा तस्करबाट लाईन मिलाउने काम भएको प्रहरीको बुझाई छ । तर, जनताले प्रहरीको काममा समेत विश्वास भने गरेका छैनन । पुनर्वासमा खुलेयाम तस्करी हुँदा जनता न सशस्त्र प्रहरी र न नेपालप प्रहरीप्रति विश्वस्त रहेका छन ।
भारतबाट खुलेयाम पुनर्वास बेलौरीको नाका भएर तस्करी भएपनि अहिले नेपालबाट खुलेयाम तस्करी भईरहेको पाईएको छ । नेपालबाट प्रहरी र सशस्त्र प्रहरीले चुरोट तस्करलाई छुट दिएपछि भारतमा सीमा सुरक्षा बल(एसएसबी)ले समान नियन्त्रणमा लिएको छ । बेलौरीको सशस्त्र प्रहरी बलको बिओपी रहेकै स्थानबाट भारतमा चुरोट तस्करी भएको हो । भारतीय सीमा सुरक्षा बलले नेपालबाट तस्करी भएको चुरोट बरामद गरिएको जनाएको छ ।
१४बण्डल खुकुरी चुरोट एसएसबीले नियन्त्रणमा लिएर भारतीय भन्सारमा बुझाउने जनाएको छ । कञ्चनपुरका खुला सीमा नाकाहरुमा सशस्त्र प्रहरी बलको बढ्दो उपस्थितिसंगै तस्करी नरोकिएपछि स्थानीयले सशस्त्र प्रहरी बलको भूमिकामाथि प्रशन गरिरहेका छन । तर, कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी नियन्त्रणमा सकृयता देखाएको जनाएका छन ।