आर्थिक अभावले क्यान्सर पिडित अनिलको उपचारमा समस्या, सहयोगका लागि आग्रह

महेन्द्रनगर २० मंसिर । बैतडीको मेलौली नगरपालिका–९ रोकटाका १९ वर्षीय क्यान्सर पिडित अनिल चन्दको आर्थिक अभावले उपचारमा समस्या भएको छ ।

विगत एक वर्षदेखि क्सान्सरबाट ग्रसित चन्दको यसअघि भारतको मोहनडाई क्यान्सर अस्पतालमा उपचार गरिएको थियो । तर घाउ फेरी बल्झीएपछि उपचार गर्न समस्या भएको पिडितका आफन्त एंव सामाजिक अभियान्ता जोगेन्द्र चन्दले बताए । उनले चन्दको उपचारार्थ सहयोगका लागि अभियान थालिएको छ । अनिल बचाऔँ अभियान अन्र्तगत चन्दको उपचार खर्च जुटाउन थालिएको हो ।


अस्पतालले उपचारका लागि अग्रीम रकम जम्मा गर्न भनेपछि पिडित परिवारलाई समस्यामा परेको छ । आर्थिक अवस्था कमजोरीका बावजुद पनि पिडित परिवारले तीन लाख बढी खर्च गरि सकेको छ । उनको उपचारका लागि अझै पाँच लाख बढी रकम आवश्यक पर्ने अस्पताले जनाएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भएका छ अभियान्ता चन्दले भने ‘उपचार समस्या भएपछि भाईको स्वास्थ्य अवस्था जटील बज्दैँ गईरहेकोले सबै सक्दो सहयोगका लागि आग्रह गरेका छौँ ।’ उनलाई सहयोग गर्न चाहाने व्यक्तिले अनिल चन्दको एनसीसी बैंकमा रहेको खाता नम्बर १४९०००००८१९१० मा रकम जम्मा गर्न सक्नेछन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्