भीमदत्तकाे सम्झना टोलवासिको सडकसँग जोडिने सपना वषौँदेखि अधुरै

महेन्द्रनगर २० मंसिर ।
बस्ती विस्तार भएको करिब ३० वर्ष बढी समय भईसक्यो । विभिन्न समयमा सरकार बने, फेरिए तर सम्झना टोलवासीको माग फेरिएन् । उनिहरुको माग हो टोललाई सडक सञ्जालसँग जोड्नु ।

स्थानीय सरकार बनेपछि थुप्रै ठाउमा नयाँ सडक बने । टोल–बस्तीहरु सडकसँग जोडिए तर कञ्चनपुरका भीमदत्त नगरपालिका–११ स्थित सम्झना टोलबासीको भने सपना अधुरै छ ।

टोलवासिले स्थानीय सरकार आएपछि पटक–पटक सडक निर्माणका लागि माग गरेपनि सम्बोधन हुन सकेको छैन् ।

सडक निर्माणका लागि गत जेठदेखि सम्झना टोलावासिले सडक निर्माणका लागि निरन्तर दबाव मुलक कार्यक्रम गदैँ आएका छन् । उनिहरुले वडा कार्यालय घेराउ, तालाबन्दी लगायतका संघर्षका कार्यक्रम गदैँ आएका छन् ।


स्थानीय युवा धनन्जय जोशीले लामो समयदेखि सडक निर्माणका लागि माग गर्दा समेत माग सम्बोधन नभएको बताए । उनले सडक निर्माणका लागि विभिन्न दवाब मुलक काम गर्दा समेत स्थानीय सरकारले वास्ता गरेको छैन् । ‘हामीले बेलाबेलामा सडक निर्माण गरिदिन वडा कार्यालय स्थानीय सरकारसँग माग गरेका छौ तर अहिलेसम्म सम्बोधन भएको छैन् ।’ उनले भने ‘सडक नहुदाँ स्थानीय सस्ती खेप्नु परेको छ । आफ्ना घर जान समेत बाटोमो समस्या छ’


सडक नहुदाँ स्थानीयले अरूको खेतको साँघुरो आलिको बाटो प्रयोग गदैँ आएका छन । कोही बिरामी पर्दा सडक सम्म बोकेर लग्ने पुर्ने बाध्यता रहेको उनको भनाई छ ।
त्यस्तै अर्का स्थानीय घनश्याम पन्तले सडक नहुदाँ स्थानीयलाई सारै समस्या परेको बताए । उनले सडक निर्माणका लागि विभिन्न दवाब मुलक कार्यक्रम गदैँ आएपनि सडक बन्न सकेका छैन् ।


सोही सडकको माग गदैँ आएका स्थानीय छिमेकीबाट निर्घात कुतपिट समेत खाएको दुखेसो पोख्दैँ स्थानीय पन्तले भने ‘यस टोलमा सडक बनाउन नदिन यहाँका केही परिवारको विरोध छ, सोही विरोधका कारण सडक बन्न सकेको छैन् तर यस स्थानीय सरकारले कुनै जिमेवारी भुमीका निर्वाह गर्न सकेको छैन् ।’

सम्झना टोल जोड्ने सडक केही स्थानीयकै कारण बन्न नसकेको दावि गरिएको छ । सोही सडकको माग गदैँ आएका स्थानीयले
टोलकै केही स्थानीयले विरोध गरेपछि तीन पटक बजेट विनियोजन हुदाँ समेत बाटो बन्न सकेको छैन् । टोलका करिब २५ परिवार तीन दशकदेखि सडकबाट वञ्चित छन् ।

महाकाली सिचाँई अन्र्तगत पर्ने ट्रसरीको एक छेउबाट स्थानीयले सडक बनाउन माग गदैँ आएका छन् । । उक्त सडकका लागि वडा कार्यालयले तीन पटक बजेट विनियोजन गरेपनि वर्षेनी फ्रीज जाने गरेको छ ।

‘टोलमा कोही बिरामी हुदाँ एम्बुलेन्स आउने बाटो समेत छैन्, सडक नहुदाँ निकै समस्या छ ।’ स्थानीय पन्तले भने ‘सवारी साधन अर्काको घरमा राख्नु पर्छ, आफ्नो घर ल्याउन बाटो छैन’ उनले भने ।
स्थानीय प्रेमसिंह चौसिरले सडक नहुदाँ सास्ती खेप्नु परेको गुनासो गरे । उनका अनुसार करिब २०४५ साल तिर बसेका उक्त बस्तीमा हालसम्म सडक पुग्न सकेको छैन् ।
वडाध्यक्ष प्रेम सिंह जैशीले केही स्थानीयको विरोधका कारण सडक निर्माणमा समस्या भएको बताए । उनका अनुसार उक्त सडक निर्माणका लागी नगरपालिकाले २ पटक बजेट विनियोजन गरिसकेको छ ।

‘यस पटक पनि बजेट विनियोजन गरेका थियौँ, वडाध्यक्ष जैशीले भने अमीनले जग्गा चेकजाँच गरि , सडकका ट्रयाक खोल्ने तयारी गरेका थियौँ, विवाद भएपछि काम गर्न सकेनौँ’ उनले भने ।

केही स्थानीयले ट्रसरी मासिने भन्दैँ सडक निर्माणमा अवरोध गरेपछि सडक निर्माण गर्न समस्या भएको हो ।’ सडमकै विषयमा विवाद हुदाँ स्थानीयबिच कुटपिट समेत भएको थियो । उक्त सडकका लागि नगरपालिकासँग थप बजेट माग गरिएको दावि गदैँ वडाध्यक्ष जैशीले स्थानीयबिचको विवाद समाधानपछि सडक निर्माण गरिने बताए ।
करिब १० मिटर चौडाई क्षेत्रफल रहेको ट्रसरीमा तीन मिटर बाटो खोल्ने योजना बनाएको वडा कार्यालयले दावि गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्