दाङमा मनमोहनका विद्यार्थीले गरे जिल्ला/पालिका स्वास्थ प्रणाली व्यवस्थापनको उद्देश्य आदानप्रदान कार्यक्रम

दाङ : मनमोहन मेमोरियल ईन्स्टिच्यु अफ हेल्थ साईन्सेज ,काठमाडौका जनस्वास्थ्य तेस्रो वर्षमा अध्ययरत दाङ समुहका विद्यार्थीहरुले जिल्ला/पालिका स्वास्थ प्रणाली व्यवस्थापन(D/MHSM) को उद्देश्य आदानप्रदान कार्यक्रम घोराही उप म.न.पा मा सम्पन्न गरेका छन् ।

उक्त कार्यक्रमको अध्यक्ष्ता यसै उप.म.न.पा का उप-मेयर सीता सिक्देल न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा बोल्नु हुँदै उप-मेयर न्यौपानेले कोभिड-१९ ले आम जनजिवनमा नकारात्मक असर परेको कुरा प्रकाश पार्दै दाङ आउनु भएको उद्देश्य पुर्तिका लागि शुभकामना दिनुभएको छ ।

यस कार्यक्रमका प्रमुख अतिथि वासुदेव आचार्यले विद्यार्थीबाट उत्कृष्ट कार्यका साथै वृहत् रिपोर्टको अपेक्षा रहेको बताउनु भएको छ । यसैगरी घोराही उप.म.न.पा का स्वास्थ शाखा प्रमुख नारायण प्रसाद घर्ती मगर , जनस्वास्थ्य अधिकृत विकेश रेग्मीका साथै अन्य सरोकारवाकाको सहभागीता रहेको थियो ।

दाङ समुहमा विद्यार्थीहरु सुदिप शर्मा , महेश भट्ट , प्रकाश छेत्री र महेश नाथ रहेका छ्न । यस कार्यक्रमलाई महेश नाथले संचालन गर्नुका साथै स्वास्थ व्यवस्थापन प्रणालीको परिचय दिएका थिए । यश कार्यक्रमको उदेश्य महेश भट्टले प्रकाश पार्नु भएको थियो भने सुदिप शर्माले दुई महिनामा गरिने कार्यक्रमको बारेमा विस्तृत रुपमा राख्नु भएको थियो । यसैगरी प्रकाश छेत्रीले कार्य तालिका प्रस्तुत गर्नु भएको थियो । यस दाङ समुहका सुपरिवेक्षक घोराही उप.म.न.पा. का जनस्वास्थ्य अधिकृत विकेश रेग्मी रहनु भएको छ ।

विश्वव्यापी महामारीको यो अवस्थामा पनि जनस्वास्थ्यका मापदण्ड पुर्ण रुपमा पालना गर्दै यस कलेजका जनस्वास्थ्यका विद्यार्थीहरु विभिन्न पालिकामा अध्ययनको शिलशिलामा पुगेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्