भीमदत्तका नगर प्रहरीलाई अापतकालिन उद्धार सम्बन्धि तालिम

महेन्द्रनगर २३ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रहरीलाई क्षमता अभिवृद्धी सम्बन्धी तालिम प्रदान गरिएको छ । क्षमता अभिवृद्धी अन्र्तगत नगरपालिकाले नगर प्रहरीहरुलाई लागि आधारभूत खोज तथा उद्धार तालिम सम्पन्न गरेको हो ।
भीमदत्त नगरपालिकाको आयोजनामा तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए)सँग को सहकार्यमा मंसिर २१ गते देखि तालिम सञ्चालन गरिएको हो ।


भीमदत्तका नगर प्रहरी तथा अग्नि नियन्त्रकरुलाई ४ दिने आधारभूत खोज तथा उद्धार तालिम बुधबार तालिम सम्पन्न गरिएको एनएनएसडब्लुएका विपद् नियन्त्रण अधिकृत प्रभु निधि पन्तले बताए ।

उनको अनुसार एनएनएसडब्लुएको सहकार्यमा विपद् व्यवस्थापनका लागि जनशक्ती तयार पार्नका लागि तालिम दिईएको बताए ।
नगर प्रहरीले विपद् पूर्व, विपद्का समयमा र विपद्पछि गर्नु पर्ने कार्यहरूको पूर्व तयारीसगैँै विपद् व्यवस्थापनमा नगर प्रहरीहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने उदेश्यले तालिम आयोजना गरिको उनको भनाई छ ।


तालिममा विपद् प्रभावितहरूलाई तत्काल उद्धार तथा राहत सेवा पु¥याउने कार्यमा सहयोग पुगाउन तथा खोज तथा उद्धार लगायतका कार्यका लागि लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अधिकारीले बताए । उनका अनुसार नगरपालिकाले नगर प्रहरीको क्षमता अभिवृद्धीका लागि एक महिने तालिम आयोजना गरिएको हो । सोही तालिम अन्र्तगत एनएनएसडब्लुएसँगको सहकार्यमा आधारभूत खोज तथा उद्धार तालिम समेत प्रदान गरिएको उनको भनाई छ । तालिममा नेपाली सेना, नेपाल प्रहरी नेपाल रेडक्रस सोसाइटी नगरपालिका अधिकृत तथा संस्थाका कर्मचारीहरुले सहजीकरण गरेका थिए ।
तालिमको भिमदत्त नगरपालिकाका नगर प्रमुखले सुरेन्द्र विष्टले उद्धघाटन गरेका थिए । तालिमको समापन कार्यक्रममा नगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक प्रम प्रशाद जैसीको अध्यक्षतामा महाकाली नदीमा बाढीमा परेकाको कसरी उद्धार गर्ने भन्ने विषयमा पुर्व तयारी अभ्याससहति समापन गरिएको हो ।
समापन कार्यक्रममा वडा नं ११ वडा सदस्य रतन सिह खडका, भिमदत्त नगरपालिका का कानुन अधिकृत बिरेन्द्र बहादुर हि, जनसम्पर्क अधिकृत प्रेम बहादुर सिह, वातावरण अधिकृत गणेश सिह ठगुन्ना, प्रशासकिय अधिकृत शुवास अधिकारी, नेपाल राष्ट्रिय समाज कल्याण संघ का कार्य समिती सदस्य गौरिका एसके तथा श्रीशिह सार्दुल गुल्म का जमदार रबिन्द्र कार्की लगायत को उपस्थीति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्