भीमदत्तका महिला स्वास्थ्य स्वयसेविकालाई एक लाख दिने नगर प्रमुख विष्टको घोषणा

कञ्चनपुर, २७ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिकाले उमेरको हद लागेका महिला स्वास्थ्य स्वयसेविकालाई एक लाख रुपैँया सहयोग गर्ने भएको छ ।

लामो समयदेखि महिला स्वास्थ्य स्वयसेविका मार्फत स्वास्थ्य क्षेत्रमा सेवा गरिरहेका स्वयसेविकालाई घर जाने बेला एक लाख रुपैँया सहयोग गर्ने भएको हो । अन्र्तराष्ट्रिय महिला स्वास्थ्य स्वयसेविका दिवसका अवसरमा भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उमेर हदका लागि स्वास्थ्य स्वयम सेविका कामबाट बाहिरिने महिला स्वास्थ्य स्वयसेविकालाई घर जाने बेला एक लाख आर्थिक प्याकेज दिने घोषणा गरेका हुन ।

‘स्वास्थ्य क्षेत्र सुधारका लागि निःस्वार्थ भएर काम गर्ने महिला स्वास्थ्य स्वयसेविका उमेर हदका कारण घर जानुपर्ने अवस्थामा नगरपालिकाले योगदानको कदर गर्छ, ‘मेयर विष्टले भने, ‘सो बाफत नगरपालिकाले कम्तिमा स्थानीयका सरकारका तर्फबाट समाजिक उत्तरदायित्व निर्वाह गर्छ ।’

यस बारेमा कार्यविधि बनाएर भीमदत्त नगरपालिकाले कुनैपनि महिला स्वास्थ्य स्वयसेविका घर जाने बेला रित्तो हात लिएर जानुपर्ने बाध्यता नरहने मेयर विष्टले बताए । नगरपालिकाले कोडिभ १९ रोकथाम तथा नियन्त्रणका लागि अहमभूमिका निर्वाह गर्ने नगरभरीकै १सय ५१ महिला स्वास्थ्य स्वयसेविकालाई समेत सम्मान गरेको थियो ।

भीमदत्त नगरपालिका क्षेत्रका कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाले नगर प्रमुखले घोषणा गरेको कार्यक्तमबाट हर्षित भएका छन । निःस्वार्थ भावनाले ग्रामिण भेगमा काम गर्दै आएका महिला स्वास्थ्य स्वयसेविकाको भूमिका उच्च रहेपनि राज्यबाट उनीहरुको वृति विकासका कुनै ठोस योजना नल्याएको परिवेक्षमा भीमदत्त नगरपालिकाले अघि सारेको निर्णयबाट घर जाने बेला महिला स्वास्थ्य स्वयसेविका राहत आभास गर्नेछन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्