नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

२ पुस, काठमाडौं । डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै अष्ट्रेलियाली नागरिक वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्