बीबीआईएन मोटर सम्झौता अघि बढाउन भारत र बंगलादेश सहमत


२ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना उपक्षेत्रीय कनेक्टिभिटी परियोजना बीबीआईएन (भुटान, बंगलादेश, भारत र नेपाल) लाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउन सहमत भएका छन् ।

उनीहरुको बीचमा सो परियोजनामा भुटानले पछि सहभागिता जनाउने प्रावधान राख्ने सहमतिसमेत भएको छ । बिहीबार मोदी र हसिनाको बीचमा भएको उच्च वार्ताको क्रममा सो सहमति भएको हो । वार्तामा बंगलादेश, भारत र नेपालको बीचमा यातायात संचालनका लागि समझदारीपत्रमा सकेसम्म छिटो हस्ताक्षर गर्ने सहमति भएको छ । सो सम्झौतामा हस्ताक्षर भएपछि यात्रु र मालसामान बोकेको गाडीले एक अर्काको मुलुकमा निर्वाध प्रवेश पाउने छन् ।

तीन मुलुकको बीचमा सन् २०१५ मा मोटर भेहिकल सम्झौता भएको थियो । तर, सो सम्झौतालाई लिएर भुटानमा तीब्र विरोध भयो । तर भुटानमा अन्य मुलुकले गाडी र सामाग्रीहरु आफ्नो मुलुकमा आएमा त्यसले आफ्नो संस्कृति र अर्थतन्त्रलाई असर गर्ने सो सम्झौताको विरोध भयो ।

त्यहाँका राजनीतिक दलहरुको बीचमा नै फरक मत भएका कारण त्यहाँको संसदले सो सम्झौतालाई अनुमोदन गर्न सकेको छैन । अन्य मुलुकका संसदले सो सम्झौता अनुमोदन गरिसकेका छन् । भुटान तत्काल सामेल हुन नसक्ने भएपछि अन्य तीन मुलुक अगाडि बढ्न सहमत भएका हुन् ।

सम्झौताका लागि नेपाल तयार भएपनि भारत र भुटानको बारेमा केही विषय रहेका कारण कार्यान्वयनमा ढिलाइ भएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्