महेन्द्रनगर ।
कञ्चनपुरको माहाकाली नगरपालिकामा एक साताका लागि लकडाउन भएको छ ।
कोरोना (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दोधारा–चाँदनी एक साताका लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएकाले थप फैलिन नदिन नगरपालिका बिहिवार रातीदेखि पुस ९ गतेसम्मका लागि बन्द गरिएको हो ।
बिहिवार बसेको सर्वदलिय बैठकले एक साता नगर बन्द गर्ने निर्णय गरेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले बताए ।
यस अवधिमा अत्यावश्यक काम बाहेक नगर पूर्ण रुपमा बन्द रहने छ ।