वर्ड अल्टीट्युड सुपर मोडेल नेपालको फाईनल शनिबार हुदैँ

महेन्द्रनगर ३ पुस ।
थाईल्यान्डको अल्टीट्युड सुपर मोडेलको फेन्चाईज इभेन्ट महेन्द्रनगरमा हुन लागेको छ । गत मंसिर १९ गतेबाट सुरु भएको ईभेन्टको शनिबार महेन्द्रनगरमा फाइनल हुने आयोजकले जनाएको छ ।

आयोजकले शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्भेलन गदैँ कार्यक्रमबारे जानकारी दिईएको हो ।
महेन्द्रनगरको ममताज पाटी प्यालेसमा हुने शनिबार फाईनल राउन्ड हुने म्याजिष्ट्रक ग्रुपका फाउन्डर मन्जीस गिरीले बताए । उनका अनुसार १५ दिनको तालिम पश्चात फाईनल हुन लागेको हो ।

फाईनलका शिर्ष ४ जनालाई थाईल्यान्डमा हुने इभेन्टमा सहभागी हुन पाउनेछन् । ‘विगतदेखि नै यस ईन्टरनेसनल ईभेन्टमा नेपालबाट सहभागीता जनाउदैँ आएका छन् ।’ फाउन्डर गिरीले भने ‘यस पटक यो ईभेन्टको जिम्मा हाम्रो ग्रुपले पाएको छ, भोली फाईनल राउन्ड गराउदैँ छौ ।’


त्यस्तै ग्रुपका प्रवन्ध निर्देशक शमिर न्यौपानेले सुपर मोडेल नेपालको फाईनलपछि गु्रपले नयाँ ईभेन्टको तयारी गरेको बताए । उनका अनुसार २५ देशको सहभागीता रहने किड एन्ड टिन ईन्टरनेसलको आयोजनाको तयारी समेत भईरहेको छ ।

ईभेन्ट संयोजक महिमा क्षेत्रीले सुदूरपश्चिमकै प्रमुख शहरमा पार्ने महेन्द्रनगरमा पहिलो पटक यस्तो कार्यक्रम गरिन लागेको बताईन् । साथै कार्यक्रम उपस्थितीका लागि समेत उनले सबैलाई आग्रह गरिन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्