रोटरी क्लब धनगढीद्धारा महाकाली अस्ताललाई ह्वील चियर


महेन्द्रनगर ३ पुस ।

रोटरी क्लब अफ धनगढीद्धारा महाकाली अस्ताललाई ह्वील चियर हस्तान्तरण गरिएको छ । शुक्रबार क्लबले अस्पतालाई चार वटा ह्वील चियर हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष तोयराज भट्टले अस्पताललाई सहयोग स्वरुप चियर हस्तान्तरण गरिएको बताए ।


उनले सेती अस्पतालसहित कैलालीका विभिन्न अस्पतालाई स्वास्थ्य सामाग्री सहयोग गरिदैँ आएको बताउँदै यस पटक महकाली अस्पताललाई पनि सहयोग गरिएको बताए ।

हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका संस्थापक अध्यक्ष प्रकास भट्ट, प्रस्तावित रोटरी क्लब महेन्द्रनगरका अध्यक्ष प्रमानन्द भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्