किशोरी संजाल र युवाहरुलाई मनोसामाजिक सचेतना सम्बन्धि अभिमूखिकरण

महेन्द्रनगर ४ मंसिर ।
किशोरी संजाल र युवाहरुलाई मनोसामाजिक सचेतना सम्बन्धि अभिमूखिकरण सम्पन्न भएको छ । मिजरीयर जर्मनीको आर्थीक सहयोग नागरीक आवाज धापाखेल ललीतपुर र द्वन्द पीडित तथा एकल महिला विकाश केन्द्र साझेदारीमा बेदकोट नगरपालीका र शुक्लाफांटा नगरपालीकामा सञ्चालनमा रहेको “शान्तिकालागी स्थानीय क्षमता” कार्यक्रम अन्तरगत यहि २०७७ पौष २ र ३ गतेका दिन मनोसामाजिक परामर्श सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।


वर्नमान अवस्थामा कोरोना महामारीले किशोरी तथा युवाहरुमा परेको मानसिक समस्या र जीवनमा आइपर्ने चुनौतीलाई आफैले कसरी सामना गर्ने र समुदायमा रहेका जो मनोसामाजिक समस्याबाट गुज्रि रहेकाहरुको पहिचान गरि सम्बन्धीत निकाय तथा संस्थाबाट प्रदान गरिने मनोसामाजिक परामर्शको वारेमा मनोविमर्सकर्ता चन्द्र बहादुर कुंवरले बेदकोट न.पा. १ देखि १० वडाका २० जना किशोरीहरु र शुक्लाफांटा नगरपालीका ३ र ४ वडाका २० जना युवाहरु गरि जम्मा ४० जनालाई सो अभिमूखिकरण कार्यक्रम प्रदान गरेका थिए ।


अभिमूखिकरणमा संस्थाका अध्यक्ष सीता बोहराले यस्तो पस्थितीमा पनि अभिमूखिकरणको महत्वलाई बुझेर सक्रिय सहभागी भई अभिमूखिकरण कार्यक्रम सम्पन्न गर्नमा सहयोग गरेकोमा सम्पुर्ण टिमलाइ धन्यवाद दिए । अभिमूखिकरण कार्यक्रम स्वास्थ्यको मापदण्ड अपनाउदै बेदकोट नगरपालीकाको वडा न. १० र शुक्लाफाटा नगरपालिका वडा ४ मा संचालन गरिएको थियो भने कार्यक्रम संचलान संस्थाका जिल्ला कार्यक्रम अधिकृत श्री डम्बरी विष्ट कुवर गरेकी थिईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्