पार्टीभित्रको विवादले संकटमा परेका प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

काठमाडौं, पुस ४

पार्टीभित्र जारी विवादका कारण संकटमा परेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार जाने भएका छन्।

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच हिजो साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री निकट स्रोतका अनुसार दुई अध्यक्षबीचको भेटवार्ताले आज पनि निरन्तरता पाउने भएको हो।

आज भने प्रधानमन्त्री ओली छलफलका लागि प्रचण्डकै निवास खुमलटार जान लागेका हुन्।

‘हिजो साँझ बालुवाटारमा भेट भएको थियो आज बालुवाटार बाहिर छलफल हुनेछ,’ स्रोतलेसँग भन्यो।

प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड निवास खुमलटार आउने सूचना आएको छ। अहिले बिहान १० बजे प्रधानमन्त्री खुमलटार पुग्ने स्रोतले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्