धनगढीमा फागुन १५ बाट लिटिल फ्लावर प्रिमियर लिग

धनगढी, ४ पुस । धनगढीमा आयोजना हुने लिटिल फ्लावर प्रिमियर लिग विद्यालय स्तरिय यु–१९ प्रतियोगिताको पाँचौँ संकरण फागुन १५ गतेबाट सुरु हुने भएको छ ।

आयोजक लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले आज पत्रकर सम्मेलनको आयोजन गर्दै फागुन १५ गतेबाट २४ गते सम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी थालिएको जानकारी दिए ।

लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित सङ्घीय प्रहरी इकाईको खेलमैदानमा जनाइएको छ ।

देशभरका करिब १२ विद्यालय प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन ।

प्रतियोगितामा विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ । केही दिन भित्रै पुरस्कार राशि घोषणा गरिने शाहीले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्