संसद विघटन विरुद्ध महेन्द्रनगरमा नेविसंघको प्रदर्शन

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरुद्धमा कञ्चनपुरको महेन्द्रनगरमा नेविसंघले राके जुलुस सहित प्रर्दशन गरेको छ ।

मंगलबार नेविसंघ कञ्चनपुरले अपराहन्न प्रधानमन्त्री ओली र राष्ट्रपतिविरुद्ध नारा जुलससहित प्रदर्शन गरेका हुन् ।

ओली सरकारले नेपाली जनताको अमुल्य मतको अपहेलना गरेकाले आफुहरुले प्रर्दशन गरेको नेविसंघ कञ्चनपुरका नेता उपेन्द्र बहादुर बमले बताए ।

नेविसंघ कञ्चनपुरका नेता उपेन्द्र बहादुर बम

उनले भने ‘न्यायलयले पनि सरकारको उक्त निर्णय स्वृकारे हामी झन कडा आन्दोलनमा उत्रिने छौ ।’

विरोध जुलुस सहित नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयबाट प्रदर्शन सुरु भई मदनचोकमा कोणसभा परिणत भएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्