२४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण, ५ को मृत्यु, ९५२ डिस्चार्ज


०८ पुष २ काठमाडौं- पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। ६ हजार ५५९ जनाको स्वाब पीसीआर परीक्षण गराउँदा ७४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै बुधबार ९५२ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७२९ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्