ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालकसहित ६ जना पक्राउ

कर्णालीः सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने गाडी चालकलाई पक्राउ गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको कमाण्डमा खटिइ गएको टोलीले बुधबार भेरीगङ्गा नगरपालिका– १३ सुर्खेत भेरीपुलस्थित सडकखण्डमा सवारी जाँच क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गर्न खोज्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर नगद रकम दिन खोजेकाले उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।

प्रहरी निरीक्षक आचार्यले जाँचका क्रममा ना४ख २८२४ नम्बरका ट्रक चालक धनगढी उपमहानगरपालिका– ४ कैलाली निवासी २८ वर्षीय विवेक सिंह, ना५ख ९६२४ नम्बरका ट्रक चालक सीतगङ्गा नगरपालिका– ९ अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना७ख ७०२४ नम्बरकाट्रक चालक भरतपुर महानगरपालिका– ९ चितवनका ४७ वर्षीय कृष्णबहादुर नेपाली र भे१ख ३२०८ नम्बरका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका २४ वर्षीय कमल रजा पक्राउ परेको बताए।

पक्राउ पर्ने सहचालकमा बा३ख ६२१२ नम्बर बसका सहचालक कोहलपुर नगरपालिका– १ बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा र भे१ज ६५५ नम्बर विङ्गर चालक राप्ती सुनारी गाउँपालिका– २ बाँकेका २१ वर्षीय प्रमोद विक रहेको उनले बताए।

प्रहरी निरीक्षक आचार्यका अनुसार पक्राउ परेका सबै चालकलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्