प्रचण्डप्रति ओलीको कटाक्षयुक्त प्रश्न: १७ हजार चैट पारेर के उलटफेर गर्नुभयो? परिवर्तन परिवार र आफन्तमात्रै हो?


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन संसदीय व्यवस्था र संसदीय अभ्यास भएको बताएका छन्। संवैधानिक मर्म र व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन गरेको पनि ओलीले दाबी गरेका छन्। कुनै पनि बैंक्वेटको भेलाबाट आफूलाई कारबाही गर्न नमिल्ने ओलीको भनाई छ।

आफूसँग ६४ प्रतिशत जनमत रहेको अवस्थामा ३६ प्रतिशतको अल्पमतले सरकार गठनको विकल्प नरहेको पनि ओलीको दाबी छ। अल्पमतको अवस्थामा सरकार गठन हुन नसक्ने उनको दाबी छ। संसद्मा बहुमत नभएकाले मनको विकल्पले सरकार गठन नहुने ओलीको टिप्पणी छ।

योहो टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कटाक्ष समेत गरेका छन्। ओलीले देशै उलटफेर गर्छु भनेर हिँडेका प्रचण्डले के(के परिवर्तन गरे भन्दै प्रश्न समेत गरेका छन्।

अन्तर्वार्ताका क्रममा उनले भने, ‘देशकै उलटफेर गर्छु भनेर १७ हजार मान्छे चैट बनाउनुभएको हो। क्रान्तिका नाममा देश कब्जा गर्छु पन भन्नुभएको हो। दुखद् परिस्थिति भए पनि उलटफेर नै गर्छन् कि भन्ने थियो। तर, अहिले परिवर्तन के मा भयो? परिवार नातागोता आफन्त? मलाई धेरै थाहा छैन छिमेकी र नजिक बस्नेलाई थाहा होला। मैले देखेको पनि छैन। उहाँमा पक्कै परिवर्तन भएको होला। तर जसले ज्यान दिए, कुनै शहीद परिवारको बच्चो पढाउने कष्ट गर्नुभएको छ? सन्तान गुमाएर बेसहारा भएका कसैलाई सहारा दिनुसभएको छ?’

उनले नयाँ प्रणालीमा आएपछि संविधान कानुन र प्रणालीको पालना गर्न पनि आग्रह गरे।

माधव नेपालप्रति लक्षित गर्दै ओलीले अर्कै प्रणाली र स्कुललिङबाट आएका व्यक्तिहरु पनि प्रचण्डको पछि लागेको टिप्पणी गरे। नवौँ महाधिवेशनमा उम्मेदवार बन्न नपाए पार्टी फुटाउने अवस्था रहेकाले माधव नेपालका निम्ति विधान संशोधन गरेको जिकिर ओलीको छ।

बाध्य भएर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको ओलीले दाबी गरे। संवैधानिक नियुक्तिका विषयमा पार्टीमा सहमति गरेरमात्र नियुक्ति गर्न आफूमाथि दबाब रहेको पनि ओलीको भनाई छ।

परिस्थितिको आभाष हुँदाहुँदै पनि आफूले नेकपा केन्द्रीय समितिमा तत्कालीन माओवादीलाई उच्च स्थान दिएको ओलीको टिप्पणी छ। संसद् हुँदा पनि सभामुखले संसद् बोलाउन नसक्ने अवस्थामा जीवित नभएको अवस्थामा संसद् बोलाउँछु भन्नुको के अर्थ भन्दै उनले सभामुखलाई पनि प्रश्न गरे।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्