ओलीलाई साथ दिने निर्णय सहित बादल पुगे बालुवाटार

काठमाडौं । लामो समयको तटस्थता तोड्दै अन्ततः नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामवहादुर थापा बादल केपी ओलीको पक्षमा उभिएका छन् ।

यसबीचमा दुवै पक्षका भेला बैठकहरुमा सहभागी नभएका बादल अहिले केही बेरअघि ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

बादललाई आफ्नो पक्षमा पार्न प्रचण्डले यसबीचमा पटक पटक भेटेर आग्रह गरेका थिए । उनीनिकट अधिकांश नेता प्रचण्ड पक्षमा लागिसकेका छन् । प्रधानमन्त्री ओलीसँग बुधबार भेटेर आफू प्रचण्डको पक्षमा नरहने जानकारी दिएका बादल बैठकमा भाग लिन बालुवाटार पुगेका हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्