नेपाली युवतीको नग्न फोटो र भिडियो पोर्न साइटमा, बार्गेनिङ गर्दागर्दै पक्राउ परे अन्सारी

काठमाडौं– एक नेपाली युवतीको नग्न तथा अर्ध नग्न फोटो तथा भिडियोहरु पोर्न साइटमा राख्ने युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा केन्द्रीय साइबर ब्यूरोले अश्लील फोटो र भिडियो पोर्न साइटमा राखेको आरोपमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–४ पारिजातपथका ३६ वर्षीय अस्लम अन्सारीलाई मंगलबार पक्राउ गरेको हो ।

अन्सारीले फेक आइडी र इमेल बनाएर मकवानपुर घर भई हाल थाइल्याण्डमा रहेकी एक युवतीको नग्न तस्बिर पोर्न साइटमा राखेका थिए। नग्न फोटो र भिडियो पोर्न साइटमा राखेपछि उक्त भिडियो र फोटो हटाउन भन्दै अन्सारीले ती युवतीसँग एक हजार ९८ डलर मागेका थिए।

ब्ल्याकमेलिङ गर्ने, यौन उत्पीडन दिनेलगायतको काम गरेका अन्सारीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार म्याद थप गरी अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ ।

त्यस्तै सामाजिक सञ्जालमा इन्द्रायणी नामको फेक आइडी बनाएर एक युवतीका आफन्त, साथीहरुलाई यौनजन्य अश्लील सन्देश पठाउने एक युवकलाई पनि ब्यूरोले पक्राउ गरेको छ ।

गोरखाको सुलिकोट गाउँपालिका(बारपाक घर भई ललितपुर चापागाउँ बस्ने रोलकबहादुर थापालाई ब्यूरोले पक्राउ गरेको हो । उनीमाथि पनि अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्