इथियोपियामा विद्रोहीको गोलीबाट सयभन्दा बढीको मृत्यु


काठमाडौं। इथियोपियामा बन्दुकधारीले चलाएको अन्धाधुन्ध गोलीबाट सय जनाभन्दा बढीको ज्यान गएको छ। उक्त घातक हमला बुलेन काउन्टीको बेकोजी गाउँमा भएको मानव अधिकार आयोगले बताएको छ।

जातीय हिंसाबाट ग्रस्त उक्त क्षेत्रका वासिन्दाहरु घर छाडेर भाग्न थालेका छन्। अफ्रिकाको दोस्रो ठूलो जनघनत्व भएको देश इथियोपियामा २०१८ मा प्रधानमन्त्री अबिय अहमद सत्तामा आएपछि निरन्तर हिंसा भइरहेको छ।

प्रधानमन्त्री अहमदले देशमा लोकतान्त्रिक सुधार गरेका छन्, जसले उनका क्षेत्रीय प्रतिद्वन्द्वी दलमाथिको पकड कमजोर हुँदै गएको छ। त्यस देशमा आगामी वर्ष निर्वाचन हुँदैछ। र, जमिन सत्ता तथा प्राकृतिक संसाधनको विषयलाई लिएर तनाव बढ्दै गएको छ।

अर्कोतिर इथियोपियाको सेना विद्रोहीसँग जुधिरहेको छ। इथियोपियाको सेना र विद्रोहीबीच तिगरय क्षेत्रमा विगत ६ सातादेखि संघर्ष चलिरहेको छ।

सेना र विद्रोहीबीचको संघर्षका कारण त्यहाँका साढे नौ लाख जनता विस्थापित भइसकेका छन्। ओरोमिया क्षेत्रमा उग्रवादको सामना देशले गरिरहेको छ। साथै, देशको पूर्वी सीमामा सोमालियाका आतंककारीले हमला गर्नाले खतरा बढिरहेको छ।

वरिष्ठ सुरक्षा अधिकारी गासु दुगाजका अनुसार हमलाको नयाँ सूचना पाइएको र तिनको पहिचान गर्ने प्रयास भइरहेको छ। साथै, मृतकको पनि पहिचानको कार्य भइरहेको छ।

उक्त क्षेत्रमा जातीय हिंसा उग्र रुपमा फैलिँदै गएको छ, जसमा गुमुज वर्ग पनि सहभागी छन्। गुमुजले आफ्नो क्षेत्र अमहारामा व्यवसायी तथा किसान आउन थालेकाले उनीहरुको उब्जाउ जमिन कब्जा हुन थालेको भन्दै विरोध गरेका छन्। उता, अमहाराका वासिन्दाहरू भने त्यहाँको केही जमिन आफ्नो रहेको दाबी गरिरहेका छन्।

(एजेन्सी)

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्