९ महीनादेखि बन्द सिनेमाहल आजबाट संचालनमा, चार फिल्म पुनः रिलिज

काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले लागू गरेको देशव्यापी लकडाउनसँगै बन्द रहेका सिनेमाहल आजदेखि संचालनमा आउने भएका छन् ।

सरकारले अनुमति नदिए पनि हल व्यवसायीहरुले एकतर्फी रुपमा हल संचालन गर्ने निर्णय गरेका हुन् ।

लामो समयसम्म बन्द हुँदा नोक्सानी चुलिएको भन्दै व्यवसायीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सिनेमाहल संचालन गर्ने निर्णय गरेका हुन् ।

आज नेपाली चलचित्र सेन्टी भाइरस र आमा पुनः रिलिज हुनेछन् । त्यसबाहेक अंग्रेजी चलचित्रहरु द इन्भिजिवल म्यान र ब्लड्सटलाई पनि पुनः रिलिज गर्न लागिएको हो ।

नयाँ चलचित्र रिलिज गर्ने जोखिम उठाउन भने निर्माता, वितरण र हल संचालक कसैले चाहेनन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्