सुदूरपश्चिम महिला क्रीकेट टीम कप्तानको जिम्मेवारी बिन्दू रावललाई


धनगढी- सुदूरपश्चिम प्रदेश महिला क्रीकेट टीमको कप्तानको जिम्मेवारी बिन्दू रावलले पाएकी छिन् ।

कञ्चनपुर जिल्ला महिला क्रीकेट टीमकी उपकप्तान रावलले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश महिला क्रीकेट टिमको जिम्मेवारी पाएकी हुन् । दाङको लमहीमा यहि पुस ११ गतेदेखि प्रधानमन्त्री कप सिनियर टि–२० राष्ट्रिय क्रीकेट प्रतियोगिता हुँदैछ । सोही प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघले प्रदेश महिला क्रीकेट टीमको १४ सदस्यीय टोलिको नामावलीे सार्वजनिक गरेको हो ।

बिन्दू रावल

उक्त टीमको उप कप्तानको जिम्मेवारी रुवी पोदारले पाएकी छिन् । मञ्जु बोकटी, रितु कनोजिया, कविता जोशी, डली भट्ट, लक्ष्मी साउँद, कविता कुँवर, दिव्या कार्की, सुनिता लुहार, दिपा जोरा, स्नेहा महरा, रेवती धामी र सम्झना खड्का टीममा पर्न सफल भएका छन् । यस्तै वैकल्पिक खेलाडीमा मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र पवित्रा धामी रहेका छन् । प्रशिक्षकमा जानकी भट्ट तथा व्यवस्थापकमा दिनेश सिंहलाई जिम्मेवारी दिइएको छ ।

कञ्चनपुर घर भएकी बिन्दूले राष्ट्रिय स्तरदेखि अन्तराष्ट्रिय खेलमा ब्याटिङको अनुभव बटुलिसकेकी छिन् । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टीम गरी आठ टीमको सहभागिता रहने छ भने सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा गण्डकी प्रदेशको सामना गर्ने छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्