किशोरीलाई सशक्त बनाईदैँ

महेन्द्रनगर ११ मंसिर
कञ्चनपुरको वेदकोट नगरपालिकाका किशोरीलाई शसक्त बनाउन कार्यक्रम थालिएको छ । स्थानीय समस्या तथा सवालको पहिचानको गरि वकालत र पैरवीका लागि क्षमता अभिवृद्धी गर्न नगरका किशोरीलाई शसक्तीकरण कार्यक्रम गरिएको हो ।
वेदकोट नगरपालिकामा गठन गरिएको नमुना किशोरी जागरण समुह गठन गरिएको छ । जिल्लामै पहिलो पटक गठन गरिएको उक्त समुह नौवटै स्थानीय तहमा विस्तार गर्ने mक्ष्य लिईएको छ ।

वेदकोट नगरपालिका ४ स्थित पार्कीटोलमा स्थानीय किशोरी मञ्जु धामीको अध्यक्षतामा नमुना किशोरी जागरण समुह गठन गरिएको थियो । समुहले वेदकोट नगरपालिकाको नेत्तृत्वदायी पहलमा र निड्स नेपालको सहयोगमा नगरपालिकाका अन्य वडाहरुमा पनि वडा स्तरिय किशोरी समुह गठन र क्षमता विकास तालिम सञ्चालन गर्दै किशोरी समुहहरुलाई एकतावद्ध तथा संगठित बनाएर सामाजिक सवालका क्षेत्रमा अग्रसर हुनलाई वातावरण विकास गरिरहेको छ ।

समुहले वैतडा सामुदायिक सिकाई तथा कार्य केन्द्रसँगको सहकार्यमा समुदायका समस्या समाधान र सामजिक रुपान्तरणका लागि संयुक्त अभियान संचालन गदैँ आएका छन् ।

वेदकोट नगरपालिकाको समन्वयमा केयर नेपाल, निड्स नेपाल र हरियो वन कार्यक्रमको सहयोगमा गठन भएको सामुदायिक सिकाई तथा कार्य केन्द्र र सो अन्तरगत गठन भएको किशोरी समुहले हाल नगर स्तरको संजाल समेत गठन गरिसकेको छ भने महिला तथा किशोरीमाथी हुने हिंसा विरुद्ध अभियान र किशोरीहरुको क्षमता विकासका लागि सरोकारवाला निकायसँगै पहल गरिरहेको छ ।

समुहले वैतडा सामुदायिक सिकाई तथा कार्य केन्द्रसँगको सहकार्यमा समुदायका समस्या समाधान र सामजिक रुपान्तरणका लागि संयुक्त अभियान संचालन गदैँ आएका छन् ।
हरियो वन कार्यक्रम अन्तरगत पहिलो चरण देखी दोश्रो चरणमा लंैगिक समानता र सामाजिक समावेसीकरणका लागि सामुदायिक सिकाई तथा कार्य केन्द्र स्थापना गरि सो केन्द्र मार्फत समुदायको समस्या सवाल पहिचान, सो समस्याहरुको समाधानका लागि पैरवी गर्ने कार्य थालिएको हो ।


नगर स्तरिय किशोरी संजाल वेदकोट नगरपालिका र वडा स्तरिय किशोरी समुहका सदस्यहरुको नेतृत्व र पैरवी सिपको विकास गरि क्षमता अभिवृद्धि गर्ने र किशोरी संजाल तथा किशोरी समुह मार्फत महिला हिंसा विरुद्धको अभियान संचालन गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको केयर नेपालका तर्फबाट कार्यक्रमको परामर्शदाताका रुपमा सहजीकरण गरिररहेका केशव मलाशीले बताए ।
उनका अनुसार नगर स्तरीय किशोरी सञ्जालको आयोजनामा बेदकोट नगरपालिकाको समन्वय, निड्स नेपालको सहकार्य तथा केयर नेपाल हरियो वन कार्यक्रमको सहयोगमा विभिन्न क्रियाकलापहरु सञ्चालन भईरहेको छन् ।

परामर्शदाता मलाशीका अनुसार कार्यक्रम अन्तरगत यसअघि नगर र वडा स्तरिय किशोरी संजाल वडा स्तरको नेतृत्व तथा पैरवी सिप विकास सम्बन्धी गत मंसिरमा तीन दिने तालिम सञ्चालन गरिएको थियो ।

नगर स्तरिय किशोरी संजाल वेदकोट नगरपालिका र वडा स्तरिय किशोरी समुहका सदस्यहरुको नेतृत्व र पैरवी सिपको विकास गरि क्षमता अभिवृद्धि गर्ने र किशोरी संजाल तथा किशोरी समुह मार्फत महिला हिंसा विरुद्धको अभियान संचालन गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको केयर नेपालका तर्फबाट कार्यक्रमको परामर्शदाताका रुपमा सहजीकरण गरिररहेका केशव मलाशीले बताए ।

सञ्जालकी नगर अध्यक्ष मञ्जु धामीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्द, विशिष्ट अतिथिका रुपमा नगर उपप्रमुख सुशिला सिंहसँगै अतिथिको रुपमा निड्स नेपाल अध्यक्ष अञ्जु जोशी भट्ट र केयर नेपाल हरियो वन कार्यक्रमका फिल्ड संयोजक किशोर गन्धर्वलगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । तालिममा अधिवक्ता पुनम चन्द तथा मनोसामाजिक परामर्शदाता चन्द्र कुवँरले विषयगत क्षेत्रमा किशोरी सञ्जालका सदस्यहरुलाई प्रशिक्षण गरेका थिए ।

त्यस्तै तालिममार्फत बनाएको कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गराउनका लागि नगरपालिकासँगै सरोकारवाला निकायहरुको सक्रिय सहभागितामा सञ्जालले नगरपालिका १० वटै वडाका किशोरी समुहको उपस्थितीमा महिला हिंसा विरुद्धको अभियान चौतारी बहस तथा अन्तरक्रियात्मक कार्यक्रम नगरपालिकामा पौष ९ गते देखि पौष १२ गते सम्म चलिरहेको छ ।

तलिममार्फत बनाईएको कार्ययोजना प्रस्तुत गर्दै किशोरी संजालका किशारीहरुले कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख, विशिष्ट अतिथि नगर उपप्रमुख, सम्बन्धित वडाध्यक्ष, कार्यपालिका सदस्य, महिला शाखा प्रमुख, मानव अधिकारकर्मी तथा पत्रकार लगायत सहयोगी संस्थाका पदाधिकारीले विभिन्न सवालहरु, जिज्ञासा प्रश्नहरु उल्लेख्य रुपमा राखेका थिए ।
उक्त सवाल सम्बोधन गर्ने क्रममा नगर प्रमुख अशोक कुमार चन्दले नगरपालिका सदैव किशारीहरुको साथमा रहेको कुरा व्यक्त गदै आगामी दिनमा यस्तै महिला हिंसा विरुद्धको अभियानमा सञ्जाल परिचालन किशारी समुह लक्षित सिप विकास कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाईने बताए ।
त्यस्तै नगर उप प्रमुख सिंहले नगरपालिकाको न्यायिक समिती मार्फत किशोरी संजालका सामाजिक रुपान्तरणका क्रियाकलापहरुलाई थप सशक्त रुपमा वकालत पैरवी गर्दे सवाल सम्बोधन गरिने उल्लेख गरिन ।

नगर प्रमुख अशोक कुमार चन्दले नगरपालिका सदैव किशारीहरुको साथमा रहेको कुरा व्यक्त गदै आगामी दिनमा यस्तै महिला हिंसा विरुद्धको अभियानमा सञ्जाल परिचालन किशारी समुह लक्षित सिप विकास कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाईने बताए ।

महिला शाखा प्रमुख राधिका पन्तद्धारा आगामी दिनमा किशोरी संजाललाई साथमा लिएर महिला शाखा मार्फत हुने कार्यक्रमहरु अगाडि बढाईने बताईन् । स्थानीय जनप्रतिनिधिले पनि वडाका योजना छनोट तथा कार्यान्वयनमा आगामि दिनमा किशोरी संजालको सहभागिता सुनिश्ति गरिने प्रतिवद्धता जनाएका छन् ।
मानवअधिकारका क्षेत्रमा कार्यरत संघ सस्थाहरुले किशोरी संजालको सम्बन्ध स्थापित गर्ने गरी आफुले सक्दो पहल गर्ने अधिकार कर्मी कोमल निरञ्जन भाटको भनाई छ । त्यस्तै निड्स नेपाल अध्यक्ष अञ्जु जोशी भट्टले किशोरी संजालको स्थापनासँगै विस्तारमा निड्स नेपाल सदैव साथमा रहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताईन् ।


गत बिहीबार बेदकोट नगरपालिका वडा नं ४ र ५का किशोरी समुहको उपस्थितीमा महिला हिंसा विरुद्धको अभियान चौतारी बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन नगर किशोरी सञ्जाल नगर उपाध्यक्ष दीपशिखा साँउदले गरेकी थिईन् ।
साथै शुक्रबारको कार्यक्रममा वेदकोट नगरपालिका वडा नं ८, ९ र १० किशोरी समुहको उपस्थितीमा महिला हिंसा विरुद्धको अभियान चौतारी बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन नगर किशोरी सञ्जाल नगर सदस्य आरती विष्टले गरेकी थिईन् । सो कार्यक्रम नगर किशोर सञ्जालकी नगर अध्यक्ष मञ्जु धामीको अध्यक्षता सम्पन्न भएको छ ।

बेदकोट नगरपालिकाको पहल तथा समन्वयमा नगर स्तरीय किशोरी सञ्जालकै अग्रसरतामा आगामी दिनमा पनि किशोरी समुहको क्षमता विकास तथा पैरवी अभियानमा सहयोग गर्नका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिने र कार्यक्रमको दिगोपनाका लागि सरोकारवाला निकायहरुसँग थप साझेदारी र सहकार्यको अपेक्षा रहेको हरियो वन कार्यक्रमका कार्यक्रम अधिकृत तथा हाल यस कार्यक्रमका परामर्शदाता केशव मलाशीको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्