जनाधिकारको रक्षाका लागि जनतामा जानुपर्छ- सुरेन्द्र पाण्डे

काठमाण्डौ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवर्द्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ ।

पूर्वमन्त्री पाण्डेले पार्टीकोे पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अगाडि थप्नुभयो, ’नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ । त्यसकारण मुलपार्टी र मूल घर नै हामी हौँ ।’

उहाँले संवैधानिक निकायले पनि प्रमाण र कानुनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पार्नुभयो । नेकपा निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठले नेपाली जनताले ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिको रक्षाका लागि पुनः एकपटक जनतामा जानुको विकल्प नभएको बताउनुभयो ।

नेकपा वाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले अहिलेको लडाइँ विचारको भएको बताउँदै यो अग्रगमन कि पश्चगमन भन्ने विषयमा विचारधारात्मक संघर्ष भएको बताउनुभयो । नेकपा केन्द्रीय सदस्य कल्पना धमलाले क्रान्तिको उपलब्धि गुम्ने खतरा बढेकाले एकपटक जनतामा जानुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा धादिङ घर भइ हाल काठमाण्डौमा विभिन्न पेशा तथा व्यवसाय आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्