भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

पुस १२, मोरङ – मोरङको रंगेली ८ दर्बैसाबाट दुई जना भारतीय नागरिक नक्कली नोटसहित पक्राउ परेका छन् ।

१७ हजार ७ सय रुपिया बराबरको भारतीय नक्कली नोटसहित शनिबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० वर्षीय कुन्दन मण्डल र १८ वर्षीय शिवरञ्जन सिंह रहेका छन् ।

बीआर ३८ एन ०२५१ नम्बरको मोटरसाइकलमा आएका मण्डल र सिंहलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले भारतीय नक्कली नोट दुई सय दरको १७ थान र एक सय दरको एक सय ४३ थान फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्