काठमाडौं, पुस १२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी पत्रिकाहरुसँग रुष्ट बनेका छन्।
आफ्नी श्रीमती तथा अमेरिकी फर्स्ट लेडी मलेनिया ट्रम्पको तस्बिरलाई पत्रिकाहरुले स्थान नदिएकाले ट्रम्प रुष्ट बनेका हुन्।
केहीबाहेक ट्रम्पले अमेरिकाका प्राय धेरै संचारमाध्यमलाई ‘फेक मिडिया’ झुठो तथा नक्कली संचारमाध्यम भएको बताउने गरेका छन्।
शुक्रबार ट्वीटरमा ट्रम्पले मलेनिया ट्रम्प हालसम्मकै उत्कृष्ट फर्स्ट लेडी भएको दाबी गर्दै संचारमाध्यम तथा पत्रिकाले प्राथमिकता नदिएको र उनको तस्बिर नछापेको बताए।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दुई कार्यकाल राष्ट्रपतिको पद सम्हालेका थिए। त्यसबेला फर्स्टलेडी मिसेल ओबामाको म्यागेजिनमा फुल कभर तस्बिर १२ पटक छापिएको थियो।
चर्चित म्यागेजिन भोगमा मिसेलेको कभर तस्बिर ३ पटक छापिएको थियो। तर यी म्यागेजिनहरुले मिसेललाई स्थान नदिएको ट्रम्पको भनाइ छ।
ट्रम्पको चारवर्षको कार्यकाल सकिँन लाग्दा मलेनियाको फोटो एकपटक पनि म्यागेजिनमा कभर नगरिएको एउटा ट्वीटलाई ट्रम्पले रिट्वीट गर्दै अमेरिकी संचारमाध्यमलाई फेरि एकपटक फेक मिडिया भनेका छन्।