लुम्बिनीको दोस्रो जित, कर्णाली दोस्रो खेलमा पनि पराजित

काठमाडौं- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश दोस्रो खेलमा पनि पराजित भएको छ। लुम्बिनी प्रदेशसँगको खेलमा कर्णाली ९ विकेटले पराजित भएको हो।

१३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर ३४ रन मात्र बनाउन सकेको थियो। ३५ रनको लक्ष्य लुम्बिनीले ३.१ ओभरमा १ विकेट जाँदा पूरा गरेको हो। जुन लुम्बिनीको प्रतियोगितामा दोस्रो जित हो।

लुम्बिनीका लागि गीता गोसाइले ७ बलमा ४ रन, नेरी थापाले १० बलमा ९ रन साथै सरस्वती मगरले ४ बलमा ३ रन बनाइन्। नेरी र सरस्वती नटआउट रहँदा कर्णालीले एक्स्ट्रा २० रन खर्चिएको थियो।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीका लागि दोहोरो अंकमा कसैले रन बनाउन सकेनन्। तृसना विश्वकर्माले ३१ बलमा २ रन, मोनिका रानाले १६ बलमा २ रन, लक्ष्मी रिमालले ४ बलमा २ रन, अञ्जु गुरुङले ३ बलमा १ रन, अन्सु शाक्यले १४ बलमा ७ रन, दिक्षा पुनले ४ बलमा ८ रन साथै आयुशा टन्डनले ५ बलमा १ रन बनाइन्। ११ रन एक्स्ट्रा आएको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्