राज्यमन्त्री रामवीर मानन्धरले गीत गाएरै राखे विश्व रेकर्ड

काठमाडौं – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका थिए।

शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन्। यसअघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन। कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए।

बालाजुस्थित अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए। राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए। नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा उनले गीत गाएका थिए। यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्