स्वास्थ्यमन्त्री त्रिपाठीले सम्हाले कार्यभार

काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयको कार्यभार सम्हालेका छन्। आइतबार दिउँसो २ बजे मन्त्री त्रिपाठीले कार्यभार सम्हालेका हुन्।

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेपछि पुराना मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गरिएको थियो। योसँगै यसअघि सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी स्वास्थ्यमा आएका हुन् भने यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पर्यटन मन्त्रालयमा गएका छन्।

शुक्रबार नै मन्त्री त्रिपाठीले कार्यभार सम्हाल्ने तयारी गरेका भएपनि सोही दिन मन्त्रिपरिषद्को बैठक बसेकाले अबेर हुनेभन्दै आइतबार मात्र स्वास्थ्यको कार्यभार सम्हाल्ने बताएका थिए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort