वेदकोटमा किशोरीलाई सशक्तीकरणका कार्यक्रम सम्पन्न

महेन्द्रनगर १२ पुस । कञ्चनपुरको वेदकोट नगरपालिकामामा सञ्चालित किशोरी सशक्तीकरणका कार्र्यक्रम सम्पन्न भएका छन् । नगर तथा वडा स्तरमा स्थानीय समस्या तथा सवालको पहिचानको गरि वकालत र पैरवीका लागि क्षमता अभिवृद्धी गर्न नगरका किशोरीलाई शसक्तीकरण कार्यक्रम गरिएको थियो ।
वेदकोट नगरपालिकाको समन्वयमा केयर नेपाल, निड्स नेपाल र हरियो वन कार्यक्रमको सहयोगमा गठन भएको सामुदायिक सिकाई तथा कार्य केन्द्र र सो अन्तरगत गठन भएको किशोरी समुहमा आवद्ध किशोरीहरुलाई विभिन्न क्षमता विकास तालिम प्रदान गरिएको हो ।


महिला शिंसा विरुद्धको अभियान चौतारी बहस तथा अन्र्तक्रिया कार्यक्रमको आईतबार नगर प्रमुख अशोक कुमार चन्दले समापन गरे । उक्त कार्यक्रमका सहभागी किशोरीहरुले स्थानीय स्तरमा रहेको समस्याका बारेमा नगर प्रमुख चन्दसहितका सरोकारवाला निकायसँग सवाल जवाफ गरेका थिए । उनिहरुले समाज अझै पनि महिला तथा किशोरीहरुले भाग्नु परेका समस्या समाधानका लागि आग्रह समेत गरे ।
नगर स्तरिय किशोरी सञ्जालको आयोजना भएको कार्यक्रमको अध्यक्षता सञ्जालकी अध्यक्ष मञ्जु धामीले गरेकी थिईन् । उनले किशोरीहरुको क्षमता विकास तथा स्थानीय सवालको पैरवीका लागि कार्यक्रम आयोजना गरिएको बताईन् । उनका अनुसार वडास्तरबाट गठन भएको समुहलाई हाल नगर स्तरीय संञ्जालको रुपमा विस्तार गरिएको छ ।

जिल्लामै पहिलो पटक गठन गरिएको उक्त समुह नौवटै स्थानीय तहमा विस्तार गर्ने लक्ष्य लिईएको छ । वेदकोट नगरपालिका ४ स्थित पार्कीटोलमा धामीको अध्यक्षतामा नमुना किशोरी जागरण समुह गठन गरिएको थियो । समुहले वेदकोट नगरपालिकाको नेत्तृत्वदायी पहलमा र निड्स नेपालको सहयोगमा नगरपालिकाका अन्य वडाहरुमा पनि वडा स्तरिय किशोरी समुह गठन र क्षमता विकास तालिम सञ्चालन गर्दै किशोरी समुहहरुलाई एकतावद्ध तथा संगठित बनाएर सामाजिक सवालका क्षेत्रमा अग्रसर हुनलाई वातावरण विकास गरिरहेको छ ।


हरियो वन कार्यक्रम अन्तरगत पहिलो चरण देखी दोश्रो चरणमा लंैगिक समानता र सामाजिक समावेसीकरणका लागि सामुदायिक सिकाई तथा कार्य केन्द्र स्थापना गरि सो केन्द्र मार्फत समुदायको समस्या सवाल पहिचान, सो समस्याहरुको समाधानका लागि पैरवी गर्ने कार्य थालिएको हो ।
नगर स्तरिय किशोरी सञ्जाल वेदकोट नगरपालिका र वडा स्तरिय किशोरी समुहका सदस्यहरुको नेतृत्व र पैरवी सिपको विकास गरि क्षमता अभिवृद्धि गर्ने र किशोरी संजाल तथा किशोरी समुह मार्फत महिला हिंसा विरुद्धको अभियान संचालन गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको केयर नेपालका तर्फबाट कार्यक्रमको परामर्शदाताका रुपमा सहजीकरण गरिररहेका केशव मलाशीले बताए । उनका अनुसार नगर स्तरीय किशोरी सञ्जालको आयोजनामा बेदकोट नगरपालिकाको समन्वय, निड्स नेपालको सहकार्य तथा केयर नेपाल हरियो वन कार्यक्रमको सहयोगमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको हो ।

परामर्शदाता मलाशीका अनुसार कार्यक्रम अन्तरगत यसअघि नगर र वडा स्तरिय किशोरी संजाल वडा स्तरको नेतृत्व तथा पैरवी सिप विकास सम्बन्धी गत मंसिरमा तीन दिने तालिम सञ्चालन गरिएको थियो । किशोरीहरु सामाजिक रुपान्तरणका संवाहक र भविष्यका आमा भएकाले उनिहरुलाई नेतृत्वदायि क्षमताको विकासका लागि कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।

नगर स्तरिय किशोरी सञ्जाल वेदकोट नगरपालिका र वडा स्तरिय किशोरी समुहका सदस्यहरुको नेतृत्व र पैरवी सिपको विकास गरि क्षमता अभिवृद्धि गर्ने र किशोरी संजाल तथा किशोरी समुह मार्फत महिला हिंसा विरुद्धको अभियान संचालन गर्ने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको केयर नेपालका तर्फबाट कार्यक्रमको परामर्शदाताका रुपमा सहजीकरण गरिररहेका केशव मलाशीले बताए ।
नगर प्रमुख अशोक कुमार चन्दले नगरपालिका सदैव किशारीहरुको साथमा रहेको कुरा व्यक्त गदै आगामी दिनमा यस्तै महिला हिंसा विरुद्धको अभियानमा सञ्जाल परिचालन किशारी समुह लक्षित सिप विकास कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाईने बताए । उनले नगरपालिकाले छुवाछुत, महिला हिंसा, बाल बिवाह लगायतका सामाजिक कुसंस्कारलाई हटाउन नगरपालिकाले वडास्तरबाटै कार्यक्रम सञ्चालन गरिएको बताए ।


साथै अगामी दिनमा पनि महिला तथा किशोरीका समस्या समाधानका लागि सञ्जाल परिचालन गर्न कार्यपालिका बैठकमामा छलफल गरि योजना अघि सारिने उनको भनाई छ । त्यस्तै निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले निड्सले यस अघि सञ्चालन गरेको हरियो वन कार्यक्रम अन्र्तगत गठन भएका किशोरी समुहलाई सक्रिय बनाउन कार्यक्रम सञ्चालन भएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्